शनिबार , बैसाख ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र आन्तरिक द्वन्द्व चलिरहेको बेला सत्ता सहकार्यका लागि काँग्रेसका सभापति शेरबहादुर देउवालाई जति महत्व दिन्थे, अहिले त्यति महत्व दिएका छैनन् । बरु उनले जनता समाजवादी पार्टी नेपालसँग पटक पटक औपचारिक तथा अनौपचारिक वार्ता गरेका छन् । सत्ता सहकार्यका लागि जसपासँग गरिने छलफलका लागि उनले वार्ता समिति नै गठन गरेका छन् तर काँग्रेसलाई भने महत्व दिन छाडेका छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई अहिले आफ्नो नेतृत्वको सरकार टिकाउन सहयोगी दलको खाँचो परेको छ । काँग्रेसले वर्तमान सरकारलाई सघाउन भन्दा पनि आफ्नै नेतृत्वमा सरकारको नेतृत्वका लागि दावी गर्ने भएकाले नै ओलीले काँग्रेसलाई त्यति महत्व नदिएको जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले तत्काल सरकार छाड्ने मानसिकता नै बनाएका छैनन् । एमालेका एकजना स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री पदकै लागि यत्रो लफडा भइसकेको छ भने अहिले आएर त्यही पद किस्तीमा राखेर काँग्रेसलाई सुम्पिने पक्षमा ओली हुनुहुन्न । त्यही भएर सरकारलाई आवश्यक साथका लागि ओलीले जसपासँग पटक पटक छलफल गरेको उनको भनाइ छ । जसपा नेपालका नेताहरूसँगको छलफलमा ओलीले राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य पदका लागि छलफल गर्न र सरकारमा सम्मानजनक स्थान दिन आफू तयार रहेको प्रस्ट पारिसकेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP