मंगलबार , अषोज २७, २०८३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र आन्तरिक द्वन्द्व चलिरहेको बेला सत्ता सहकार्यका लागि काँग्रेसका सभापति शेरबहादुर देउवालाई जति महत्व दिन्थे, अहिले त्यति महत्व दिएका छैनन् । बरु उनले जनता समाजवादी पार्टी नेपालसँग पटक पटक औपचारिक तथा अनौपचारिक वार्ता गरेका छन् । सत्ता सहकार्यका लागि जसपासँग गरिने छलफलका लागि उनले वार्ता समिति नै गठन गरेका छन् तर काँग्रेसलाई भने महत्व दिन छाडेका छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई अहिले आफ्नो नेतृत्वको सरकार टिकाउन सहयोगी दलको खाँचो परेको छ । काँग्रेसले वर्तमान सरकारलाई सघाउन भन्दा पनि आफ्नै नेतृत्वमा सरकारको नेतृत्वका लागि दावी गर्ने भएकाले नै ओलीले काँग्रेसलाई त्यति महत्व नदिएको जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले तत्काल सरकार छाड्ने मानसिकता नै बनाएका छैनन् । एमालेका एकजना स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री पदकै लागि यत्रो लफडा भइसकेको छ भने अहिले आएर त्यही पद किस्तीमा राखेर काँग्रेसलाई सुम्पिने पक्षमा ओली हुनुहुन्न । त्यही भएर सरकारलाई आवश्यक साथका लागि ओलीले जसपासँग पटक पटक छलफल गरेको उनको भनाइ छ । जसपा नेपालका नेताहरूसँगको छलफलमा ओलीले राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य पदका लागि छलफल गर्न र सरकारमा सम्मानजनक स्थान दिन आफू तयार रहेको प्रस्ट पारिसकेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP