मंगलबार , अषोज २७, २०८३

मे ३० देखि अमेरिका भ्रमणमा रहेका भारतीय कांग्रेसका नेता राहुल गान्धीले अमेरिकामा ट्रक सवार गरेका थिए।

राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेका हुन्। उनले यसको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरेका छन्। यस क्रममा राहुलले भारतीय मूलका ट्रक चालक ताजिन्द्र सिंहलाई आफ्नो आम्दानीबारे सोधे। जब चालकले आफ्नो कमाइ बताए, राहुल छक्क परे।

ताजिन्द्रले राहुललाई भारतका ट्रक चालकहरूले ड्राइभरको तुलनामा धेरै कमाउने गरेको बताए। ताजिन्द्रले भने, ‘भाडाअनुसार चलाउँदा ५-६ लाख कमाइन्छ।

ताजिन्द्रले भने, ‘यदि तपाईंसँग आफ्नै ट्रक छ भने, तपाईंले एक महिनामा ८ लाख रुपैयाँसम्म कमाउन सक्नुहुन्छ।’

यो सुनेर राहुल छक्क परे। ताजिन्द्रले अमेरिकामा ट्रक चलाएर धेरै कमाउन सकिने बताए। उनले भारतमा ट्रक चालकले आफ्नो परिवारलाई राम्ररी पाल्न सकिने बताए।

राहुल वासिङ्टनदेखि न्यूयोर्कको यात्रामा ट्रक चालकको छेउमा बसेका थिए। त्यस क्रममा राहुललाई ताजिन्द्रले अमेरिकामा ट्रक चलाउनु सम्मानको काम हो भनी बताएका थिए।

@Ukera Source

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP