शुक्रबार , भाद्र १२, २०८३

काभ्रेमा हाइकिङ जाँदा भीरबाट खसेका युवकलाई प्रहरीले ८ घन्टापछि उद्धार गरेको छ।

शनिबार जिल्लाको बेथानचोक गाउँपालिकास्थित नारायणथान क्षेत्रमा हाइकिङ गएका २४ वर्षीय सुमन खड्का राति भीरबाट खसेका थिए। उनको आज बिहान ६ बजेमात्रै उद्धार भएको हो।

उनीसँगै गएका साथीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालयबाट टोली ‍पुगेको थियो।

डिएसपी रेशम बोहराका अनुसार महाभारत जंगलको भीरबाट युवक खसेको भन्ने सूचना गएराति १० बजे प्राप्त गरेको थियो।

आधा घन्टामै घटनास्थल पुगेको प्रहरीले बिहान ६ बजे मात्रै सुमनलाई उद्धार गरेको हो। ‘खसेको ठाउँ थाहा नहुँदा र रातीको समय भएकाले भेटाउन समय लाग्यो,ʼडिएसपी बोहराले भने।

घटनास्थल पुगेको प्रहरीले सूचना दिने धुलिखेल नगरपालिका-९ बस्ने २२ बर्षीय रञ्जित ठकुरीलाई सामान्य सोधपुछ गरी खोजी सुरू गरेको थियो।

सुमनको हेलमेट भीरबाट खसेको र त्यही टिप्न खोज्दा उनी पनि भीरबाट खसेर बेपत्ता भएको डिएसपी बोहराले बताए।

बेपत्ता भएका युवक भुम्लु गाउँपालिका- ४ का हुन्। उनको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, इलाका प्रहरी, स्थानीय जनप्रतिनिधिसँग स्थानीय नागरिक परिचालन भएका थिए।

बिहान ६ बजे उनलाई भीरबाट उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डिएसपी बोहराले जानकारी दिए। अस्पतालले उनको फोक्सो र पिसाब थैलीमा रगत जमेको जानकारी दिएको पनि उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP