सोमबार , अषोज २६, २०८३

अनिश्चितकालका लागि स्थगित कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ।

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो।

जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेश हुने तयारी थियो। सदन स्थगनमा गएपछि नीति कार्यक्रम पेश भएको छैन।

सरकार अल्पमतमा परेर सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।

यहीबेला सभामुख बाबुराम गौतमले संसद बैठक बोलाएका हुन्।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन्।

आइतबारमात्रै प्रदेशका विपक्षी दलहरूले अध्यादेशबाट बजेट नल्याउन, त्यसरी ल्याए अस्वीकार गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP