मंगलबार , असार २३, २०८३

हामी तौल घटाउने चर्चामात्रै गर्छौं । बढ्दो तौल नियन्त्रण गर्नुपर्ने चुनौती जतिलाई हुन्छ उती नै तौल कम भएर पीडित भएकाहरु पनि छन् । शरीरको उचाईअनुसार तौल मापन गरिन्छ । उचाईअनुसार तौल भएन भनेपनि धेरै प्रकारका समस्याहरु आउन सक्छन् । उचाईअनुसार कम तौल छ भने पनि स्वस्थ मानिदैन । हामीले देखेका छौं, कतिपय व्यक्ति जति खाए पनि साह्रै दुब्ला पातला हुन्छन् । त्यस्ता व्यक्तिहरु हेर्दै टिठ लाग्दो देखिन्छ ।

किन यस्तो हुन्छ त ? यस समस्याको पछाडि धेरै कारणहरु छन् । तर, पौष्टिक र उच्च क्यालोरियुक्त खाना खाएर यसलाई ठीक पार्न सकिन्छ । तीव्र रुपमा ओजन बढाउनका लागि दैनिक आहारमा प्रोटिन र भिटामिनयुक्त खानेकुराको भान्छामा प्रयोग गर्नु आवश्यक हुन्छ । यसका साथ–साथै हामीले खानामा यी खानेकुराहरु समावेश गरेको खण्डमा तपाईँमा रहेको दुब्लोपनाको समस्या समाधान हुनसक्छः

आलु
आलुमा कार्बोहाईडेडको मात्रा भरपुर हुन्छ । जसले शरीरलाई आवश्यक पोषण दिन्छ । यसका साथै स्ट्याच, फाइबर र भिटामिन ‘सी’ प्रचुर मात्रामा हुन्छ । त्यसैले आलु खानाले तौल छिटो बढ्छ । आलुको बोक्रामा पनि प्रोटिन हुन्छ । त्यसैले यसलाई राम्रोसँग सफा गरेर बोक्रासहित खानुपर्छ ।

अण्डा
अण्डालाई उच्च प्रोटिनयुक्त आहार मानिन्छ । एउटा अण्डाको सेवनले शरीरमा लगभग ७० क्यालोरी प्राप्त हुन्छ । अण्डामा अत्याधिकमात्रामा प्रोटिन र मिनरल्स हुन्छ । अण्डाको पहेलो भागमा फ्याट हुन्छ । त्यसैले अण्डा खाएमा ओजन छिट्टै बढ्छ ।

पास्ता
पास्ता उच्च क्यालोरियुक्त खानेकुरा हो । यसमा कार्बोहाईडेडको मात्रा प्रयाप्त हुन्छ । त्यसैले तौल बढाउने एउटा विकल्प पास्ता पनि हो । पास्तालाई अझै राम्रो बनाएर खानका लागि यसमा विभिन्न प्रकारका तराकारीहरु मिसाउन सकिन्छ । तुलानात्मक रुपमा रेडशस भन्दा ह्वाइटशस पास्ता खाँदा राम्रो मानिन्छ । पास्ता खानु तौल बृद्धि गर्नका लागि निकै महत्वपूर्ण मानिन्छ ।

दुध
दुधमा क्याल्सियम र अन्य कयौं मिनरल्सहरु हुन्छन् । जसले शरीरको विकासमा महत्वपूर्ण भुमिका खेल्छ । तीब्र रुपमा तौल बढाउनका लागि दैनिक विहान एक गिलास दुध पिउनु राम्रो मानिन्छ । एक गिलास दुधमा १३० देखि १५० क्यालोरी हुन्छ ।

बदाम, काजु
यदि छोटो समयमा ओजन बढाउन चाहानु हुन्छ भने काजु, किसमिस, बदाम र ओखरले राम्रो मानिन्छ । यी खानेकुराहरुबाट शरीरलाई उच्च क्यालोरी मिल्छ । यसमा अत्यधिक फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । शारिरीक विकासमा मा पनि यी खानेकुराहरुले सहयोग पु¥याउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP