बुधबार , जेठ ८, २०८२

परापूर्वकालदेखिनै पुस्ताले मरिच खाने गर्नुहुन्थ्यो । अहिले हामीले यस्ता कुराहरु छोड्दै गएका छौं । हामी स्वस्थ हुनका लागि स्वस्थ खाने कुराहरु खानुपर्दछ । आज हामी मसलाहरुको राजा भनेर चिनिने कालो मरिचसम्बन्धी केही सूचनामूलक सामाग्री सेयर गर्दैछौं ।

कालो मरिचलाई अङग्रेजीमा ब्लयाक–पेपर पनि भन्ने गरिन्छ । यस मरिचले विषेशगरी हामीले खाँदाखेरि आन्द्रामा, मुटु, सुगर, कोलस्ट्रोल जस्ता रोगहरुमा विभिन्न किसिमको असर पु¥याएको हुन्छ ।

हामीले कतिपय अवस्थामा मरिचको चिया पिउने गर्छौं । मरिच सब्जीमा मसलाको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । कसैको पेट दुखिरहने, पेटमा गाह«ो हुने र कब्जियत हुने जस्ता समस्याबाट गुज्रिरहेको अवस्थाहरु हुन्छन, ती समस्यालाई केही हदसम्म कम गर्नका निमित्त मरिच खान सकिन्छ । यसले पेट सफा गर्ने काम पनि गर्दछ ।

मरिचले हाम्रो रगतमा भएको सुगर र कोलस्टोरल कम गर्न पनि सहयोग गर्दछ । त्यसैले सुगर र कोलस्ट्रोल रोगीहरुका लागि मरिच एउटा राम्रो औषधी नै मानिन्छ । मुटुको स्वास्थ्य पनि ठिक गर्ने भएकाले मरिचलाई दैनिक रूपमा सेवन गर्न सकिन्छ ।

यसले छालामा हुने चाउरिपनलाई कम गर्ने र छालालाई चम्किलो बनाउन मद्दत गर्दछ । मरिच कपालको स्वास्थ्यको लागि पनि महत्वपूर्ण मसलाको रूपमा लिइएको छ । मरिच विभिन्न किसिमको मानसिक रोगहरु विषेशगरि चिन्ताजनक डिप्रेसनजस्ता रोगहरुका लागि पनि फाईदाजनक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP