शुक्रबार , भाद्र १२, २०८३

परापूर्वकालदेखिनै पुस्ताले मरिच खाने गर्नुहुन्थ्यो । अहिले हामीले यस्ता कुराहरु छोड्दै गएका छौं । हामी स्वस्थ हुनका लागि स्वस्थ खाने कुराहरु खानुपर्दछ । आज हामी मसलाहरुको राजा भनेर चिनिने कालो मरिचसम्बन्धी केही सूचनामूलक सामाग्री सेयर गर्दैछौं ।

कालो मरिचलाई अङग्रेजीमा ब्लयाक–पेपर पनि भन्ने गरिन्छ । यस मरिचले विषेशगरी हामीले खाँदाखेरि आन्द्रामा, मुटु, सुगर, कोलस्ट्रोल जस्ता रोगहरुमा विभिन्न किसिमको असर पु¥याएको हुन्छ ।

हामीले कतिपय अवस्थामा मरिचको चिया पिउने गर्छौं । मरिच सब्जीमा मसलाको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । कसैको पेट दुखिरहने, पेटमा गाह«ो हुने र कब्जियत हुने जस्ता समस्याबाट गुज्रिरहेको अवस्थाहरु हुन्छन, ती समस्यालाई केही हदसम्म कम गर्नका निमित्त मरिच खान सकिन्छ । यसले पेट सफा गर्ने काम पनि गर्दछ ।

मरिचले हाम्रो रगतमा भएको सुगर र कोलस्टोरल कम गर्न पनि सहयोग गर्दछ । त्यसैले सुगर र कोलस्ट्रोल रोगीहरुका लागि मरिच एउटा राम्रो औषधी नै मानिन्छ । मुटुको स्वास्थ्य पनि ठिक गर्ने भएकाले मरिचलाई दैनिक रूपमा सेवन गर्न सकिन्छ ।

यसले छालामा हुने चाउरिपनलाई कम गर्ने र छालालाई चम्किलो बनाउन मद्दत गर्दछ । मरिच कपालको स्वास्थ्यको लागि पनि महत्वपूर्ण मसलाको रूपमा लिइएको छ । मरिच विभिन्न किसिमको मानसिक रोगहरु विषेशगरि चिन्ताजनक डिप्रेसनजस्ता रोगहरुका लागि पनि फाईदाजनक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP