काठमाडौँ : बाइक प्रेमीमाझ लोकप्रिय रोयल इन्फिल्डको उत्पादन नेपालमै सुरु भएको छ। नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रूपमै चर्चित मोटरसाइकलको दुई मोडल नेपालमै एसेम्बल सुरु भएको हो।

भारतको तामिलनाडुमा रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र छ। वीरगन्जमा मोटरसाइकल एसेम्बलको सबै काम हुनेगरी सीकेडी युनिट सञ्चालनमा आइसकेको छ। सोही युनिटबाट उत्पादित सुरु मोडल शुक्रवारबाट बजारमा ल्याइयो।

नेपालमा वार्षिक २० हजार वटासम्म मोटरसाइकल बनाउने लक्ष्य सहित स्थापित भएको कारखानामा अहिले ५० जनाले रोजगारी पाएका छन् नै। रोजगारीसँगै उत्पादित मोटरसाइकलको मूल्य समेत सस्तो भएको छ।

शुक्रवार सार्वजनिक गरिएको क्लासिक ३५० को नयाँ भर्सनको मूल्य ४ लाख ९९ हजार तोकिएको छ। यस अगाडि सो मोडलको मूल्य ६ लाख ४० हजार थियो। अर्को मोडल स्क्रयाम-४११ कै मूल्य ६ लाख ६० हजार तोकिएको छ।

रोयल इन्फिल्डले कम्पनीका अनुसार वीरगन्जमा स्थापना गरेको उत्पादन केन्द्रबाट वार्षिक २० हजार वटा मोटरसाइकल तयार हुनसक्ने क्षमता रहेको छ।

कम्पनीले मोटरसाइकल सार्वजनिक गर्नु अगाडि बाइकप्रेमीहरुको समूहलाई काठमाडौँबाट नगरकोटसम्म टेस्ट ड्राइभ गराएको थियो। टेस्ट ड्राइभपछि पत्रकार सम्मेलन गरेर मोटरसाइकलको दुई मोडल सार्वजनिक गरिएको थियो।

पत्रकार सम्मेलनपछि सिइओ बी गोविन्दराजन सम्पादकहरूसहित सञ्चारकर्मीहरूसँग नेपालमा प्लान्ट स्थापना गर्नुको लक्ष्य र आगामी रणनीतिबारे छलफल गरेका थिए।

नेपालमा पाँचौँ एसेम्ब्लिङ प्लान्ट

नेपालबाहेक ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा सीकेडी एसेम्ब्लिङ युनिट छ। नेपालमा बनेको सीकेडी युनिट पाँचौँ हो।

रोयल इन्फिल्डका सिइओ गोविन्दराजनले नेपालमा युनिटको स्थापनाले सार्क क्षेत्रमा नै व्यापार विस्तार गर्न मद्दत पुग्ने बताएका थिए।

‘पाँचौँ सिकेडी नेपालमा सञ्चालन गर्न पाउँदा हामी खुसी छौँ,’ उनले पत्रकार सम्मेलनमा भने’ अब नेपाली मोटरसाइकल प्रेमीले नेपालमै एसेम्बल गरिएको अन्तर्राष्ट्रिय ब्रान्डको रोयल इन्फिल्ड चढ्न सक्ने छन्। नेपाली मोटरसाइकल प्रेमी पक्कै खुसी हुने विश्वास छ।’

उनले गुणस्तर रोयल इन्फिल्डको सबैभन्दा बलियो पक्ष भएको बताउँदै जुन देशमा बने पनि मोटरसाइकलको गुणस्तर एकै हुने बताए।

‘हामी क्षेत्र अनुसार गुणस्तर तय गर्दैनौ,’ उनले भने’ नेपालमा एसेम्बल भएको मोटरसाइकल किन्नुस् या अमेरिकामा बनेको एकै गुणस्तरको हुन्छ।’

५० हजार प्रयोगकर्ता, एक सय बाइसर्क क्लब

सन् २००० बाट नेपालमा रोयल इन्फिल्ड भित्रिन थालेको हो। सन् २०१६ बाट औपचारिक विक्री सुरु भएको नेपालमा हालसम्म रोयल इन्फिल्डका ४० हजार प्रयोगकर्ता छन्। रोयल इन्फिल्डका एक सय हाराहारी बाइसर्क क्लब रहेको कार्यक्रममा जानकारी दिइयो।

सिइओ गोविन्दराजनले नेपालमा मोटरसाइकल प्रेमीहरूको उच्च सङ्ख्या रहेको र भौगोलिक अवस्था अनुसार अधिक गर्मी हुने स्थानदेखि अति चिसो हुने स्थानमा समेत फिट हुने रोयल इन्फिल्ड चाँडै नेपालमा लोकप्रिय ब्रान्ड बन्ने बताए।

एड्भेन्चरसँगै प्रयोगकर्ताको सुविधा अनुसार डिजाइन भएकाले नेपालको भौगोलिक अवस्था अनुसार रोयल इन्फिल्ड चाँडै लोकप्रिय हुने उनले दाबी गरे।

‘हामीले एसिया प्यासिफिक र दक्षिण अमेरिकामा चार वटा सीकेडी युनिटहरू स्थापना गरेका छौँ। हालै बेलायतमा समेत प्रत्यक्ष व्यापार सुरु गर्यौ,’ उनले भने’ अन्तर्राष्ट्रिय बजार विस्तारको योजना अनुसारै नेपालमा व्यापार विस्तारको ठुलो सम्भावना छ। नयाँ सीकेडी युनिट खडा गर्नुको लक्ष्य त्यही हो।‘

नेपालमा विक्री हुने बाइकहरूमा ६५ प्रतिशत मोटरसाइकल १५० सिसीभन्दा मुनिका देखिन्छन्। अहिलेका मोटरसाइकल प्रयोगकर्ताले नयाँ मोटरसाइकल किन्दा अधिक सिसीको खोज्दा नेपालमै एसेम्बल भएको रोयल इन्फिल्ड छनौटमा पर्ने कम्पनीको विश्वास देखिन्छ।

अन्तर्राष्ट्रिय पहिचान बनाएको रोयल इन्फिल्ड बाइक प्रेमीको सपना समेत हो। नेपाली बजारमा बिक्री भइरहेका अन्य बाइक हाराहारीकै मूल्यमा उपलब्ध हुँदा रोयल इन्फिल्डको बजार बढ्न सक्ने देखिन्छ।

त्रिवेणी समूहसँग साझेदारी

रोयल इन्फिल्डले नेपालमा त्रिवेणी समूहसँग साझेदारी गरेको हो।

रोयल इन्फिल्डका सीसीओ यादवविन्द्र सिंह गुलेरियाले नेपालमा स्थापित त्रिवेणी समूहसँगको साझेदारीमा वीरगन्जमा सीकेडी युनिट सञ्चालन हुनु मोटरसाइकल चढ्ने समुदायप्रति रोयल इन्फिल्डको प्रतिविद्धताको प्रमाण भएको बताए।

रोयल इन्फिल्डले उत्पादन गर्ने गरेको मोटरसाइकल नेपालको स्थानीय भू-बनोटको लागि उपयुक्त रहेको उनले बताए।

शुक्रवारबाट दुई मोडल बजारमा

शुक्रवार कम्पनीले रोयल इन्फिल्डको दुई वटा मोडल सार्वजनिक गर्यो।नेपालमै एसेम्बल गरिएको टाइमलेस क्लासिक ३५० र एडीभी क्रस ओभर स्क्र्याम ४११ सार्वजनिक गरिएको थियो।​​​​​​​

स्क्र्याम ४११ विशेष नेपालकै लागि हो भने पनि हुने कम्पनीका अधिकारीको दाबी छ।

नेपालमा बजार विस्तार गर्न रिटेल नेटवर्कलाई १८ बाट बढाउँदै आगामी वर्षमा ३५ पुर्याउने र ३५ वटा रिटेल नेटवर्कहरू विभिन्न ३० सहरमा विस्तार गर्ने कार्यक्रममा जानकारी दिइयो।

दोस्रो विश्वयुद्धबाट चर्चित नयाँ ‘द क्लासिक ३५०’

द क्लासिक ३५० एक उत्कृष्ट रेट्रो शैलीको मोटरसाइकल हो। यसको डिजाइन दोस्रो विश्वयुद्धपछि विश्वभरका मोटरसाइकल प्रेमीहरूले मन पराएको बेलायती मोटरसाइकलबाट प्रेरित रहेको कम्पनीको भनाइ छ।

यस सिग्नेचर स्टाइलका साथै सरल र रुचिपूर्ण डिजाइन भएको आरामदायी सवारीमा जे-सिरिज इन्जिन जडान गरिएको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

क्लासिक ३५० मा सिंगल च्यानल एबिएस जडित छ। यो ६ विभिन्न रंग विकल्पमा उपलब्ध छ। यसको मूल्य चार लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

पहिलो सहरी एड्भेन्चर क्रस ओभर स्क्र्याम ४११

४११ रोयल इन्फिल्डको पहिलो सहरी एड्भेन्चर क्रस ओभर रहेको कम्पनीको विवरणमा उल्लेख छ। यसलाई रोयल इन्फिल्डको एलएस-१४० इन्जिन प्लेटफर्म र ह्यारिस पर्मफेन्स चेसिसमा निर्माण गरिएको छ।

यो सहरी सडकहरूका साथै रफ-रोडिङ का लागि पनि उत्तिकै सुहाउँदो देखिन्छ। नेपालमा स्क्र्याम ४११ ह्वाइट फ्लेम, सिल्भर स्पिरिट, ब्लेजिङ ब्ल्याक, स्काइलाइन ब्लु, ग्रेफाइट येलो, ग्रेफाइट रेड र ग्रेफाइट ब्लु लगायत गरी सात रङमा उपलब्ध छ। यसको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ।

@Ukera

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP