मंगलबार , भाद्र १६, २०८३

काठमाडौं : शुक्रबार भैरहवा र सिमरामा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार भैरहवा र सिमरामा ४०.५ डिग्री सेल्सियस तापक्रम भएको हो।

यस्तै जनकपुरमा ४०.४ तथा नेपालगञ्ज र विराटनगरमा समान ३८.६ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ।

महाशाखाले दिउँसो छुट्टै तातो दिन तथा लू सम्बन्धी बुलेटिन निकालेर आगामी पाँच दिनसम्म तराई भूभागमा तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै, पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

पछिल्लो केही दिनदेखि देशभरको अधिकतम र न्यूनतम तापक्रममा बढिरहेको छ र अझै बढ्दै जाने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP