शुक्रबार , जेठ २४, २०८२

बलिउडका चर्चित कलाकार आशीष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन्।

विद्यार्थीले आसामकी रुपाली बरुआसँग विवाह गरेका हुन्। दुवैले कोर्ट म्यारिज गरेका छन्। उनको पोस्टमा फ्यान र सेलिब्रेटीहरूबाट बधाईको वर्षा पनि सुरु भएको छ।

सामाजिक सञ्जालमा अभिनेताको विवाहको तस्बिर पनि सार्वजनिक भएको छ, जसलाई हेरेर फ्यानहरूले पनि तीव्र प्रतिक्रिया दिइरहेका छन्।

विद्यार्थीले बिहीबार अदालती विवाह गरेका हुन्। उनीहरूले एउटा सानो कार्यक्रम पनि राखे। जहाँ सबै साथी र परिवारका सदस्यहरू उपस्थित थिए। राष्ट्रिय पुरस्कार विजेता अभिनेता र उनकी नवदुलही बरुआ विवाहको पोशाकमा सजिएका थिए। दुवैले घाँटीमा फूलको माला लगाएका थिए।

विद्यार्थीले दोस्रो बिहेको प्रतिक्रिया दिएका छन्। उनले भनेका, ‘जीवनको यो चरणमा रुपालीसँग विवाह गर्न पाउँदा निकै खुसी लागेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP