बुधबार , असार २४, २०८३

रुपन्देहीमा नृत्य निर्देशक संघ नेपाल गठन भएको छ । बुटवलमा शनिबार भएको एक भेलाले नृत्य निर्देशक संघ रुपन्देही गठन गरेको हो ।

सम्पन्न भेलाले सुन्दर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नृत्य निर्देशक संघ नेपाल रुपन्देही गठन गरेको हो । उपाध्यक्षमा तेजेन्द्र थापा,महिला उपाध्यक्षमा मन्जु गुरुङ,सचिबमा मोहन गुरुङ,सहसचिबमा सिद्धार्थ सारु,कोषाध्यक्षमा तृष्णा श्रेष्ठ,सहकोषाध्यक्षमा सन्ध्या सुनार रहेका छन् ।

त्यस्तैगरी सदस्यहरुमा मनद नेपाली,सुमन मिजार,बिक्रम परियार,सुनिल गुप्ता,अनु गुरुङ,शंकर बिक,मनिष नेपाली,रेनुका थापा रहेका छन् ।

नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले कला कौशल सबैसंग नहुने भन्दै भएकाहरुले बिशिष्ट प्रतिभा देखाउन र आफुलाइ रुपान्तरण गर्न आग्रह गरे ।

उनले अब बुटवलमा सबैप्रकारका गतिबिधि संचालनका लागि हजारौं मानिस अट्ने हल बनाउने र रंगकर्मीहरुले आफ्नो प्रतिभा फराकिलो ठांउमा देखाउन पाउने आश्वसन दिए ।

कार्यक्रममा संगितकार सुरेश सेन्चुरी,बरिष्ठ कलाकार चिरन बराल लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP