
सम्पन्न भेलाले सुन्दर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नृत्य निर्देशक संघ नेपाल रुपन्देही गठन गरेको हो । उपाध्यक्षमा तेजेन्द्र थापा,महिला उपाध्यक्षमा मन्जु गुरुङ,सचिबमा मोहन गुरुङ,सहसचिबमा सिद्धार्थ सारु,कोषाध्यक्षमा तृष्णा श्रेष्ठ,सहकोषाध्यक्षमा सन्ध्या सुनार रहेका छन् ।
त्यस्तैगरी सदस्यहरुमा मनद नेपाली,सुमन मिजार,बिक्रम परियार,सुनिल गुप्ता,अनु गुरुङ,शंकर बिक,मनिष नेपाली,रेनुका थापा रहेका छन् ।
नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले कला कौशल सबैसंग नहुने भन्दै भएकाहरुले बिशिष्ट प्रतिभा देखाउन र आफुलाइ रुपान्तरण गर्न आग्रह गरे ।
उनले अब बुटवलमा सबैप्रकारका गतिबिधि संचालनका लागि हजारौं मानिस अट्ने हल बनाउने र रंगकर्मीहरुले आफ्नो प्रतिभा फराकिलो ठांउमा देखाउन पाउने आश्वसन दिए ।
कार्यक्रममा संगितकार सुरेश सेन्चुरी,बरिष्ठ कलाकार चिरन बराल लगायतले बोलेका थिए ।