मंगलबार , अषोज २७, २०८३

काठमाडौं, चैत्र १ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्ने भएको छ।

आइतबार मध्यान्हदेखि पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको केन्द्रीय समितिको बैठकमा पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्न औपचारिक रुपमा प्रस्ताव गएको एक नेताले बताए।

बुधबार र बिहीबार बसेको पार्टी स्थायी समिति बैठकमा नाम परिवर्तन गर्ने विषयमा सहमति जुटेको र सोही नाम आजको केन्द्रीय समिति बैठकमा पेस गरिएको ती नेताले बताए।

‘स्थायी समिति बैठकमा पार्टीको नाम फेरेर नेपाली कम्युनिस्ट पार्टी राख्ने विषयमा सहमति भएको थियो’, ती नेताले नेपालखबरसँग भने, ‘सोही नाम आजको केन्द्रीय समिति बैठकमा पेस गरिएको हो।’

केन्द्रीय समितिमा आवश्यक छलफलपछि आजै पार्टीको नाम परिवर्तन गर्ने निर्णय हुनसक्ने नेताहरुले बताएका छन्।

माओवादीले अन्य पार्टीबाट आफ्नो पार्टीमा आउनेहरुलाई सहज हुनेगरी दलको नाम परिवर्तन गर्न लागेको हो।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई वैधानिकता नदिई पूर्ववत अवस्थामा फर्काइदिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP