शनिबार , जेठ २५, २०८२

अस्ट्रेलिया: विगत ७ वर्षदेखि कारलाई नै घर बनाएर बसेका एक वृद्ध शिक्षकलाई विद्यार्थीले जन्मदिनमा नयाँ कार उपहार दिएका छन्।

अमेरिकाको क्यालिफोर्निया राज्यका एक छात्रले आफ्ना शिक्षकको ७७ औं जन्मदिनको अवसरमा कार उपहार दिएका हुन्। जोस भिलरुएल नामका ती शिक्षकले विगत सात वर्षदेखि २४ वर्ष पुरानो फोर्ड थंडरबर्ड एलएक्स कारलाई नै घर बनाएर बसिरहेका थिए।​

जोसे क्यालिफोर्नियाको फन्टानामा स्कूल पढाउँछन्। त्यहाँबाट कमाएको रकम उनले मेक्सिकोमा बस्ने आफ्नो परिवारका लागि खर्च गर्दा उनीसँग बस्ने कोठा थिएन। आफूलाई विद्यार्थीले २० लाख रुपैयाँ पर्ने कार दिएपछि भावुक हुँदै उनले भनेका छन्, ‘सायद मेरो जीवनमा केही परिवर्तन जरुर हुनेछ।’

कार उपहार दिने छात्र स्टीभनले शिक्षकलाई दयाले भन्दा पनि सम्मान गरेर आफूले कार उपहार दिएको बताएका छन्। ‘उहाँले मजस्ता धेरै बच्चाहरू जिन्दगी शानदार बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको छ’, उनले भने, ‘धेरै वर्षदेखि उहाँलाई त्यो कारमा बसेको प्रत्यक्ष देखिरहेको छु, यो देखेपछि एक दिन मैले सहयोग गर्ने निर्णय गरें।’

उनले त्यसपछि एउटा फन्डमा पैसा बचत गर्न थालेका थिए। आफ्नो लक्ष्य ५ हजार पुर्‍याउने भएपनि ५ गुणा रकम उठाउन सफल भएको ती विद्यार्थीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP