मंगलबार , असार २३, २०८३

चर्चित गायिका देविका वन्दनालाई जब आफूलाई क्यान्सर लागेको भन्ने कुरा थाह भयाे , थाह भएकै दिन देखि उपचार तर्फ लाग्दै क्यान्सर जस्तो राेग लाग्दा पनि कत्ति हताेत्साहित नभई हाँसीहाँसी त्यसलाई स्विकार्दै कत्ति पनि बिचलित नभई उपचार संग संगै आफुलाई कहिल्यै पनि बिरामी छु, कमजाेर छु केही गर्न सक्दिन भन्ने जस्ता भावहरु मनमा आउन न दिई मन, मस्तिष्क र शरिरलाई सचेत पनि र कठाेर पनि बनाउदै ईच्छाशक्ति आत्मबल सकरात्मक साेच र सृजनशिलतालाई आधार बनाई उपचार पनि गर्दै क्यान्सर जस्ताे भयावह राेगलाई जित्न सफल हुनुभएकाे र त्यो अबधिमा आफुले गरेका र भाेगेका कुरालाई बुटवलमा बसि कलाकारिता, पत्रकारकारिता गित कविता लेखनमा कृयाशिल चिरन बराललाई आफ्नै निबासमा डाकी सम्पूर्ण घटना परिघटना क्रियाकलापको बारे बताउनु भयाे। तिनै कुराकानीलाई टिपाेट गरेर गायिका देविका वन्दनाकाे आत्मवृतान्तको रुपमा एउटा पुस्तक बन्याे।

त्यही पुस्तक बन्याे देविका बन्दनाकाे “जित्नेकाे हाँसो” “winner gale” हुनत उक्त किताबको बिमाेचन गत वैशाख १४ गते भब्यताका साथ मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यकाे हातवाट काठमाडौमा गरि सकिएकाे थियाे र पनि आफू बुटवलबासि भएका नाताले गृह नगरी बुटवलमा पनि पुस्तक वारे जानकारी दिनुपर्छ भन्ने उदेश्यले वैशाख ३० गते शनिबार हाेटल पाम ईन्टरनेशलमा पत्रकार भेटघाट तथा समीक्षा कार्यक्रम सम्पन्न भयाे।
कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकार उद्योगपति साहित्यकार र आफन्तजनलाई देविका वन्दना स्वयंले स्वागत गर्दै प्रोजेक्टर मार्फत आफुले तयार गरेकाे राेग लागे देखि निकाे हँदा सम्मकाे संक्षिप्त भिडियाे प्रदर्सन गरिएकाे थियाे। चिरन बरालद्वारा लिखित माधव पाैडेलद्वारा अंग्रेजी भावानुवाद गरिएको Winners Gale पुस्तक वारे कार्यक्रममा बाेल्ने वक्ताहरुले किताब साच्चै नै क्यान्सर राेगीहरुका लागि गतिलाे ओखती बन्ने र अन्य पाठकका लागि आत्मजाग्रित गर्ने प्रेरणा मिल्ने खालकाे रहेकाे कुरा राख्दै शुभकामना दिनुभएकाे थियाे। उक्त पुस्तक जित्नेकाे हाँसाे वारे समीक्षा गर्दै साहित्यकार, पत्रकार तथा विश्लेष्क ऋषि आजादले पुस्तककाे लेखनशैलीकाे प्रसम्सा गर्दै देविकाजीले राेगलाई जित्न उपचार त छदैछ त्याे भन्दा बढी आफुलाई आफैले उपचार गरेर जित्नु भएकाे र त्यसताे अवस्थामा पनि गित गाउन न छाेड्नु, व्ययाम याेग गर्दै सराेकार व्यक्ति बाहेक साथीभाइ ईष्टमित्र बाहिर समाजलाई सुईकाे सम्म न दिई हाँसीहाँसी गाउदै खेल्दै हाँस्दै सबैका अगाडि आफुलाई तन्दुरुस्त देविकाकाे रुपमा प्रस्तुत गर्दै राेगलाई जितेपछि भित्र आत्मै देखि अनुहारमा जुन हाँसाे प्रस्फुटीत देखिएकाे छ त्यहिनै “जित्नेकाे हाँसाे” हाे र त्यहिनै याे पुस्तक हाे भन्दै समीक्षा गर्नु भएकाे थियाे। अन्तमा सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद दिदै श्रस्ठा देविका वन्दनाले कार्यक्रमकाे समापन गर्नुभयाे। कार्यक्रमकाे संचालन सफल उद्घघाेषक तथा कार्यक्रम संचालक सुमन श्रेष्ठले गर्नु भएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP