शुक्रबार , भाद्र १२, २०८३

बुटवल । देशकै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को प्रथम अधिवेशनबाट एमाले-माओवादी गठबनधनको प्यानलले बहुमत प्राप्त गरेको छ ।

११ सदस्यीय सञ्चालक समितिको लागि शनिबार भएको चुनावमा एमाले माओवादी प्यानलबाट ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जनाले जित हात पारेका छन् ।

एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरु दधिराम खरेलको नेतृत्वमा र नेपाली कांग्रेस निकटका व्यवसायीहरु पदम गाहाको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

माओवादी केन्द्र निकट खरेल प्रालिका निवर्तमान अध्यक्ष हुन् भने कांग्रेस निकट गाहा प्रबन्ध सञ्चालक थिए । २३ सय ९६ मतदाता रहेको संघको चुनावमा २ हजार ८६ मत खसेको थियो ।

खरेल प्यानलबाट खरेलले १३३८ मत, जीवनकुमार बञ्जाडेले १५३० मत, रामचन्द्र भुसालले १३८६ मत, मोहन पीएसले १४८४ मत, चेतनारायण बेलवासेले १३५७ मत, नारायणप्रसाद घिघिरेले ११४६ मत, गोपाल पौडेल १२९० मत र कृष्णप्रसाद सापकोटा ११४९ मत सहित विजयी भएका छन् ।

यस्तै पदम गाहाको प्यानलबाट गाहाले १३८९ मत, कृष्णप्रसाद पाण्डेले १११७ मत र सुरेन्द्र श्रेष्ठले १४२२ मतसहित विजयी भएका निर्वाचन अधिकृत यानेन्द्र जीसीले जानकारी दिए । अधिवेशनबाट निर्वाचित ११ जना सञ्चालकबाट अध्यक्ष चुनिने व्यवस्था छ ।

हाल निर्वाचित सञ्चालक समितिबाट प्रा.लि.को नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP