मंगलबार , अषोज २७, २०८३

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ गत शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ।

फिल्मलाई कलकारहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। यसैबीच यो फिल्म अष्ट्रेलियाका विभिन्न हलमा एकसाथ प्रदर्शन हुने भएको छ।

नमस्ते इन्टरटेनमेन्टका देव कार्की र गोर्खे इन्टरटेनमेन्टका रन्जितराज वन्तले ११ मेदेखि अष्ट्रेलियामा फिल्म प्रदर्शन गर्न लागेका हुन्।

यसअघि नमस्ते इन्टरटेनमेन्टले फिल्म ‘प्रेमगीत ३’ प्रदर्शन गरेको थियो। अष्ट्रेलियामा ‘प्रेमगीत ३’ लाई भन्दा ‘प्रसाद २’ बढी शो दिइएको छ।

यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलहरूमा प्रदर्शन हुनेछ। कुन प्रदेशको कुन कुन हलमा लाग्ने भन्ने बारे को जानकारी तलको पोस्टर बाट हेर्न सकिन्छ l

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। उनीहरूको बैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्यालाई फिल्ममा देखाइएको छ।

विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सुशील पौडेलले तयार पारेका हुन्।

एसजी फिल्म्स सुलभ थापा प्रोडक्सनसँग सहकार्य गर्दै फिल्म निर्माण गरेको हो। ‘प्रसाद’ बक्स अफिसमा हिट भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP