शुक्रबार , जेठ २४, २०८२

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ गत शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ।

फिल्मलाई कलकारहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। यसैबीच यो फिल्म अष्ट्रेलियाका विभिन्न हलमा एकसाथ प्रदर्शन हुने भएको छ।

नमस्ते इन्टरटेनमेन्टका देव कार्की र गोर्खे इन्टरटेनमेन्टका रन्जितराज वन्तले ११ मेदेखि अष्ट्रेलियामा फिल्म प्रदर्शन गर्न लागेका हुन्।

यसअघि नमस्ते इन्टरटेनमेन्टले फिल्म ‘प्रेमगीत ३’ प्रदर्शन गरेको थियो। अष्ट्रेलियामा ‘प्रेमगीत ३’ लाई भन्दा ‘प्रसाद २’ बढी शो दिइएको छ।

यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलहरूमा प्रदर्शन हुनेछ। कुन प्रदेशको कुन कुन हलमा लाग्ने भन्ने बारे को जानकारी तलको पोस्टर बाट हेर्न सकिन्छ l

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। उनीहरूको बैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्यालाई फिल्ममा देखाइएको छ।

विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सुशील पौडेलले तयार पारेका हुन्।

एसजी फिल्म्स सुलभ थापा प्रोडक्सनसँग सहकार्य गर्दै फिल्म निर्माण गरेको हो। ‘प्रसाद’ बक्स अफिसमा हिट भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP