मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेको खनाल-नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको अनौपचारिक भेलाले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य हुने भन्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।

आजको भेलाले आगामी चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रचना खड्काले सेतोपाटीलाई बताइन्।

केन्द्रीय कमिटीका सदस्य र संघीय संसदका सदस्यहरु सहभागी शनिबारको भेला प्रधानमन्त्री ओलीले विधानविपरीत गरेका गतिविधिलाई कसरी सच्याउन सकिन्छ भन्ने विषयमै केन्द्रित भएको खड्काले बताइन्।

खड्काका अनुसार केपी ओलीले एमालेको विधान, विधि र पद्दतिविपरीत कम्युनिस्ट आचरण र लेनिनको संगठात्मक सिद्धान्तविपरीत गतिविधि गर्नुभयो। त्यसलाई कसरी प्रतिरोध गर्ने? विधान र विधिविपरीत भएका कामलाई कसरी सच्याउने भन्ने विषयमै छलफल भएको हो। ‘त्यसको लागि चैत ४ र ५ गते हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट फैसला हुनेछ। राष्ट्रिय कार्यकर्ता भेलाबाटै एमालेको भविष्य निर्धारण हुनेछ’, उनले भनिन्।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता खड्काले जानकारी दिइन्।

खड्काका अनुसार कार्यकर्ता भेलाका लागि भनेर पार्टीको प्रदेश इन्चार्ज र विभागमा जिम्मेवारीसमेत तोकिएको छ। बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ । प्रदेश २ को इन्चार्ज घनश्याम भुसाल बनेका छन् भने बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य छन् । शाक्यलाई महिला विभागकोसमेत जिम्मेवारी दिइएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सुरेन्द्र पाण्डेले पाएका छन् भने लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने भीम रावलले पाएका छन्।

बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्ज र प्रचार प्रसार विभागको जिम्मेवारी योगेश भट्टराईलाई दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP