मंगलबार , असार २३, २०८३

Mi”यस्तै छ यँहाको चलन” गीतबाट सारा नेपालीको मनमुटुमा बस्न सफल गायिका देविका बन्दनाको जीवनमा आइपरेको एउटा ब्यथा अर्थात क्यान्सर रोग जुन रोगलाई उनले आफ्नो आत्मवल, इच्छा शक्ति, सृजनात्मक कार्य र विभिन्न कार्यक्रममा सहभागिता जनाउदै हास्दै हास्दै रोगलाई परास्त गर्न सफल भइन | त्यहि रोगलाई जितेको सन्दर्भमा आफुले भोगेका र सहेका विभिन्न घटना क्रमलाई जोडेर लेखिएको जीवनको केहि क्षणको आत्मवृतान्त वा भनौ संस्मरणको पुस्तक ‘जित्नेको हासो’ एक भब्य समारोह बीच काठमाडौं नक्साल नागपोखरी स्थित आरन्य होटलमा लोकार्पण कार्य सम्पन्न भएको छ |
उक्त कार्यक्रममा वरिस्ट हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंस आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ठ अतिथीमा नेपाल उद्धयोग बाणिज्य संघकि पुर्व अध्यक्ष भवानी राणा र कलाकारहरु बसुन्धरा भुसाल, दिपा श्री निरौला, बरिस्ट संगीतकार शम्भुजित बास्कोटा, ज्ञानु राणा लगायतका बिभिन्न गायक गायिका र कलाकारहरुको उपस्थिति थियो | उक्त कार्यक्रममा फिल्म निर्देशक कुशल प्रस्तोता भावक अभियानका सस्थापक साहित्यकार प्रकास सायामिको समेत उपस्थिति रहेको थियो |

कार्यक्रममा उक्त पुस्तक माथि प्रकाश पार्दै प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले कितावमा लेखिएका प्रतेक शब्द,शब्द र वाक्यमा आफु रोएको र कतिपय घटनाक्रम आफ्नो श्रीमतीको जीवन संग मेल खाएको र आफ्नी श्रीमती पनि क्यान्सर रोगबाट मृत्यु भएको सन्दर्भलाई जोड्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो |
अर्का प्रमुख अतिथी हरिवंस आचार्यले पनि शुभकामना मन्तव्य राख्ने क्रममा यो क्यान्सर रोग अति सम्मान गर्नु पर्ने रोग जसलाई उच्चारण गर्दा सर भनेर सम्मान गर्नु पर्ने र थोरै पैसाले सन्तोस नहुने भन्दै यस्तो रोग कसैलाई नहोस भन्दै आफ्ना भनाइ राख्नु भएको थियो |

पुस्तकमाथी प्रकाश पार्दै बरिस्ट साहित्यकार तथा कुशल प्रस्तोता प्रकास सायमीले उक्त पुस्तक अध्ययन गर्दा आफु पनि स्तब्ध भएको प्रस्ट पार्दै आत्मकथा लेख्ने थालनी कहिले बाट भयो र यो प्रचलन कहिले बाट लागु भयो भन्ने कुराहरु राख्दै विस्वका विभिन्न ख्याती प्राप्त व्यक्तिहरूको आत्मब्रितान्तका कुरा जोड्दै यो पुस्तकको बिसयबस्तु माथी प्रकास पार्नु भयो |
गायिका देविका बन्दनाले किताव प्रकाशन गर्दा सम्न्म आइपरेका घटना क्रमका बारेमा सम्बोद्धन गर्नु भएको थियो भने सबै आमन्त्रीत पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो |
कार्यक्रममा उक्य पुस्तक का लेखक चिरन बराल र अंग्रेजी अनुवादक एचिभर्स कलेजका प्रिन्सिपल माधव कुमार पौडेललाई खादा ओडाएर सम्मान गरिएको थियो भने कार्यक्रमको संचालन नरेश भट्टराइले गरेका थिए | कार्यक्रमको अन्त्यमा देविका बन्दनाका श्रीमान महेशमान शिंहले सबै उपस्थित जनहारुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP