मंगलबार , असार २३, २०८३

बुटवल, बैशाख ११
ईज्जत मिडिया प्रा.ली.द्वारा संचालन हुने गरि बैशाख १० गते अक्षय तृतीयाको पवित्र दिन पारी डिजिटल मिडिया सम्बन्धी सम्पूर्ण कार्य हुने गरी पत्रकार, कलाकार तथा सम्पूर्ण शुभचिन्तकहरुको उपस्थितिमा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ |
इज्जत मिडियाको शुभारम्भ यसै सस्थाका अध्यक्ष सबिन बरालको ममतामयी माता शिवा बरालद्वारा रिबन काटी गरिएको थियो भने कार्यक्रममा बुटवलमा रहेर कलाकारितामा अनवरत रुपमा काम गर्दै आएका कलाकारहरु शेर बहादुर गौतम, शोभा मल्ल, ध्रुब घिमिरे, ललिता भुसाल, काशिनाथ पन्थी, कृस्णा बस्नेत थापा, कमला तिवारी पन्थी, सुजन न्यौपाने, ध्रुब पौडेल, मनोज खड्का, राज तिवारी, राम प्रसाद पराजुली, दिपक परियार लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो | माउन्टेन फिल्म्स प्रा.ली. का कलाकार प्रतिभा भण्डारी र कल्पित मिनु कार्कीको समेतको उपस्थिति रहेको शुभारम्भ कार्यक्रममा नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाह लुम्बिनी फोटोग्राफर संघ रुपन्देही जिल्ला अध्यक्ष मनिष पन्थी, चलचित्र पत्रकार संघ का अध्यक्ष मोहन न्यौपाने र चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष तथा कुशल प्रस्तोता सुमन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो |



इज्जत मिडिया प्रा.ली. का म्यानेजिङ डाइरेक्टर चिरन बरालको लगानीमा संचालनमा आएको उक्त मिडियाको शुभारम्भ कार्यक्रममा उपस्थित सबैले शुभकामना ब्यक्त गर्नु भएको थियो भने अक्षय त्रितियाको दिन पारेर गरिएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकार, पत्रकार तथा शुभेच्छकहरुलाई सातु, सर्वत, मिठाइ र फलफूल द्वारा स्वागत तथा सम्मान गरिएको थियो | साथै सोहि अवसरमा मानवसेवा आश्रम बुटवल शाखामा रहेका ७५ जना बुवा आमाहरुलाई समेत आश्रममै पुगेर सातु सर्वत खुवाइएको थियो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP