मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्नेगरी छलफल थालेका छन् । ओली समूहका एक नेताका अनुसार नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेका हुन् । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन तानाबाना बुनिरहेको जस्ता आरोप ओली पक्षको छ ।

ती नेताका अनुसार ओलीले शुक्रबारकै आफू निकटको केन्द्रीय समिति बैठकमा अनुशासनहीन काम गर्नेहरुलाई कारबाही गर्न चाहेका थिए । तर नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै कारबाही गर्न नहुने भन्दै उनीहरुको थप गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएका थिए ।

सोही बैठकबाट ओलीले माओवादी धारका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको खारेज गरेका थिए । यस्तै माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा इन्चार्ज समेत तोकेका थिए ।

ओलीको यो कदमपछि आक्रोशित बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP