मंगलबार , अषोज २७, २०८३

काठमाडौँ : अधिकांश फिल्म एक साता पनि हलमा टिक्न मुस्किल छ। तर फिल्म छक्का पन्जा ४ ले १६ वटा हलमा ५१ दिन मनाएको छ। फिल्म फागुन १९ मा रिलिज भएको थियो।

आमा सरस्वती मुभिजको ब्यानरमा फिल्म बनेको हो।फिल्मले घरेलु बक्स अफिसमा २० करोड नजिकको ग्रस कलेक्सन गरेको छ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्ने बुढा), बुद्धि तामाङ, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, निर्मल शर्मा, शिशिर बाङ्गदेल लगायतका कलाकारको अभिनय छ।

हेमराज बिसीद्वारा निर्देशित यो फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका हुन्। नरेन्द्र मैनालीको छायाङ्कन रहेको फिल्मका केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP