शनिबार , भाद्र १३, २०८३

२९ फागुन, काठमाडौं । सत्ता समीकरणबारे माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

पेरिसडाडाँमा माओवादी केन्द्रका शीर्ष नेतृत्व सँगको भेटवार्ता पछि ठाकुरले कुनै निष्कर्षमा पुग्न भने नसकिएको बताए ।

‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ’ ठाकुरले भने । फेरि पनि माओवादी केन्द्रसँग छलफलमा बस्नेगरी उठेको उनले बताए । एमाले वा त्यस बाहेकका इतर गठबन्धनको सरकारबारे सोधिएको प्रश्नमा अध्यक्ष ठाकुरले कतै पनि आफूहरुले सुरक्षाको महसुस नगरेको बताए ।

‘हामी कही पनि आफूलाई सुरक्षाको महसुस गरेको छैन’, उनले भने । जसपाले काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि लगातार संवाद गरिरहेको छ । तर, कुनै निर्णय भने दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP