मंगलबार , अषोज २७, २०८३

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीका नेतालाई छलफलका लागि बालुवाटार बोलाएका छन् । जसपाका एक नेताका अनुसार बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

सर्वोच्च अदालतले नेपा कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएको छ । अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाईदिएसँगै सत्ता सहकार्यको लागि प्रधानमन्त्री ओलीले जसपाका नेताहरुसँग छलफल गर्दै आएको हो ।

वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार टिकाइराख्न अर्को पार्टीको साथ लिनुपर्ने भएका कारण प्रधानमन्त्री ओलीले जसपाको साथ खोजेको छ ।

संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरु राजेन्द्र महतो, र अशोक राई बिहीबार छलफलमा बसेका थिए । साँझ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको जसपाका एक नेताले बताए ।

जनता समाजवादी पार्टीसँग सत्ता सहकार्यका लागि नेकपा एमालेसँगै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि छलफल गरिरहेको छ । तर जसपा नेताहरुले आफूहरुको माग पूरा गर्नेलाई सहयोग गर्न सक्ने जवाफ दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP