मंगलबार , असार २३, २०८३

महापुरुष यता सुस्ताएको नेपाली बक्सअफिस महाशिवरात्रीको विदामा भने हाउसफुल रह्यो । रामबाबु गुरुङ निर्देशित सिनेमाले शुक्रबारै मध्यम व्यापार गरेर राम्रो संकेत दिएको थियो ।

प्रिमियर र शुक्रबार प्राप्त सकारात्मक प्रतिक्रियाले सिनेमाको व्यापारमा सहयोग पुर्यायो । शनिबार बिहानी शोजमा ५० प्रतिशत आसपासको अकुपेन्सी पाएको सिनेमा दिउँसोदेखि बेलुकासम्म हाउसफुल रह्यो । कति हलमा दर्शक टिकट नपाएर फर्केका थिए ।

शनिबार क्युएफएक्सले १०, एफक्युबले ३, बिएसआर मुभिजले २, वान सिनेमाजले २ र सिनेप्लेक्स मुभिजले १ शो थप गरेका थिए । जुन आइतबारपनि यथावत छन् ।

सिनेमाको शनिबार र आइतबारको व्यापार उत्साहजनक रहेको वितरक गोविन्द शाहीले बताए । ‘महाशिवरात्रीको विदामा दर्शक हलसम्म पुग्नु भएको छ । काठमाडौँदेखि देशैभर सिनेमाले हाउसफुलको व्यापार गरिरहेको छ । मल्टिप्लेक्सदेखि सिंगल थियटरसम्म दर्शकको चाप छ । सिनेमाको ‘वर्ड अफ माउथ’ दमदार भएकाले यसले बक्सअफिसमा लामो रेस पुरा गर्नेमा आशावादी छौं ।’ शाहीले भने ।

‘फूलबारी’ हेर्न आइतबारपनि दर्शकको चाप देखिएको छ । बिहानी शोमा ४०-५० प्रतिशत अकुपेन्सी पाएको सिनेमाका दिउँसोका शो हाउसफुल नजिक पुगेका छन् । बेलुकाका शो हाउसफुल हुने प्रक्रियामा छन् । सम्भवत: बेलुकाको शो पूर्ण भएर प्रदर्शन हुनेछन ।

पारिवारिक कथा पस्किने सिनेमालाई दर्शकले उत्कृष्ट भनिरहेका छन् । हलमा सपरिवार सिनेमा हेर्नेको चाप देखिएको छ । भने प्राय उमेर समूहलाई यसले आकर्षित गरेको छ । दर्शकले यसलाई मनछुने पारिवारिक कथा भनेका छन् । कतिले सिनेमा हेरिरहँदा आशुँ थाम्न नसकेको प्रतिक्रिया दिएका छन् ।

हेर्ने जति दर्शकले सिनेमा रुचाएकाले आउँदा दिनमा ‘फूलबारी’ले राम्रो व्यापारलाई निरन्तरता दिने लक्षण देखाएको छ । मंगलबार परेको ग्याप्लो ल्होसारले सिनेमाको व्यापारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

सिनेमामा विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

यसै संगै अस्ट्रेलियाको डार्विन शहरमा पनि फुलबारी लाग्ने भएको छ।  २० र २२ फेव २०२३ गरि 2 शो लाग्ने भनियेतापनि 20 तारिख को शो भने प्राबिधिक कारण ले हुन सकेन तर 22 मा भने शो सन्चालन हुने आयोजक ले जान्कारि दिय । पारिवरिक कथा मा आधारित भएर पनि यो  चलचित्र ले बिस्तारै पिक लिगेको दर्शकहरु बताउछन।

डार्विनमा चलचित्र हेर्नक लागि निम्न लिंकमा गइ बुक गर्न सकिन्छ।

https://www.eventbrite.com.au/e/fulbari-second-show-22-february-2023-tickets-547720947097?fbclid=IwAR1TXJu0T43emNQe9Z7hAy1fgUveJn63MLSLEabNQ_zWzmbGYPQNdEa30GA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP