मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । यस वर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा’को चौथो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्छ ।

फिल्मको ट्रेलरले राजा नामक शीर्ष चरित्रले चारखाल सुधारगृहदेखि सिंहदरबारसम्म गरेको राजनीतिक यात्राको कथा वरपर फन्को मार्छ । चुनाव सुरु भएसँगै राजा नामक पात्र सुधार गृहबाट निस्कन्छ र नेताको लागि भोट माग्छ । एकीकृत निष्पक्ष दलका उम्मेदवार दिग्विजय सिंहलाई भोट माग्दै राजा पात्र चुनावमा होमिन्छ ।

गुण्डागर्दीदेखि नेतासम्मको राजा नामको चरित्रको यात्रालाई ट्रेलरले प्रस्तुत गर्छ । समग्रमा चुनावको सन्दर्भ र समयको वरपर फिल्मले फन्को मार्छ । कपाल पालेर सुधार गृहबाट निस्किएको राजालाई नेताले आफ्नो चुनावी अभियानमा उपयोग गर्छन् । नेताको सिंढी चढेर ऊ कसरी केन्द्रीय राजनीतिमा स्थापित हुन्छ भन्ने चित्रण यसमा छ । ट्रेलरको अन्त्यमा राजा र उसका साथीहरुको चरित्रमा आएको रुपान्तरण र आत्मबोधको स्वीकारोक्तिमार्फत निष्ठाको राजनीति अझै बाँकी छ भन्ने सन्देश प्रस्तुत गरिएको छ ।

राजा नामक चरित्र भन्छ- बुवा हजुरले सधैं ठूलो मान्छे बन्न सिकाइस्यो, ठूलो मान्छे बन्ने चक्करमा राम्रो मान्छे बन्न भुलेछु ।

बुद्धि तामाङको चरित्र भन्छ- बुद्धिको बुद्धि आइसक्यो, अब गणतन्त्रमा यत्राको राजा ?

माग्नेबुढाको चरित्र भन्छ- मास्टर हुँ डस्टर बोक्छु, पार्टीको झण्डा होइन ।

बुद्धि तामाङको चरित्रको अर्को संवाद छ- झमतावाल युवा चाहिं खाडीमा, बुढाहरु चाहिं झण्डावाल गाडीमा ।

रमेश बुढाथोकीको चरित्र भन्छ- सामाजिक सञ्जालको हिरोलाई सामाजिक सञ्जालमै ठीक पार्नुपर्छ । यसका लागि साइबर सेना चाहिन्छ ।

फिल्ममा राजा पात्रको भूमिका दीपकराज गिरीले गरेका छन् । अभिनेत्री बेनिशा हमाल पत्रकारको भूमिकामा प्रस्तुत छिन् । ट्रेलरमा पत्रकार र नेताबीचको सम्बन्धलाई पनि कटाक्ष गरिएको छ । दीपाश्री निरौलालाई दीपकराज अर्थात् राजाकी पत्नीको भूमिकामा प्रस्तुत गरिएको छ । नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य पनि फिल्ममा महत्वपूर्ण भूमिकामा छन् ।

हेमराज बीसी निर्देशित फिल्म फागुन १९ गते प्रदर्शनको तयारीमा छ । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो ।

@Onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP