सोमबार , बैसाख ८, २०८२

बुटवल । बुटवलको मिलनचोकमा अवस्थित दियालो फूडल्याण्डमा गएराती आगलागी भएको छ । बुटवल–८ मिलनचोकमा रहेको फूडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रराम्भिक अनुमान गरिएको छ ।

मध्यराती करिब साढे १ बजेदेखि लागेको आगो एक घण्टा बढी समय लगाएर नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणका लागि बुटवल उपमहानगर, तिलोत्तमा, सैनामैना, सुद्धोधन, भैरहवा लगायतका गरी ४ वटा दमकल प्रयोग गर्नुपरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले ग्लोबल आवाजलाई जानकारी दिए ।

मध्यरातमा गस्ती गरिरहेको प्रहरीको टोलीले फूडल्याण्डको मूख्यसडकतर्फ रहेको रेष्टुरेण्ट शाखाको भित्रबाट आगोको लम्काहरु देखेपछि तत्काल सम्बन्धित पक्षलाई खबर गरी नियन्त्रणमा लागेको थियो । रेष्टुरेण्ट शाखाको माथिल्लो तल जलेर पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा सामान्य क्षति भएको फूडल्याण्डका सञ्चालक शंकर न्यौपानेले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP