मंगलबार , असार २३, २०८३

काठमाडौं । रिलिजको झण्डै दुई महिना पुग्नै लाग्दा पनि जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ मिडिया हेडलाइन बनिरहेको छ । विश्व बक्सअफिसमा २.१३ बिलियन डलर कमाउँदै यो फिल्म अहिलेसम्म धेरै कमाउने चौंथो फिल्म समेत बनेको छ । निर्देशक क्यामरुनले ‘अवतार’ ३ र ४ श्रृंखलाको छायांकन भैसकेको बताएका छन् ।

‘अवतार ५’ निर्माणको सम्भावना पनि उनले हालैको एक अन्तर्वार्तामार्फत व्यक्त गरेका छन् । एम्पायर म्यागजिनसँगको हालैको एक कुराकानीमा निर्माता जोन लान्डउले केही रोचक किस्सा सार्वजनिक गरेका छन् ।

उनका अनुसार ‘अवतार ३’मा नावी मनिसको दौडको यस्तो कथा प्रस्तुत गरिनेछ जसले फिल्ममा खलपात्रको रुपमा भूमिका निर्वाह गर्नेछन् । म्यागजिनले ती मानिसको चरित्र हिंसात्मक र आक्रामक हुने उल्लेख गरेको छ ।

ती मानिसको नेताको नाम वाराङ रहेको बताउँदै म्यागजिनले जसको भूमिका चर्चित हाँस्यकलाकार चार्ली च्याप्लिनकी नातिनी र गेम अफ थ्रोन्सकी अभिनेत्री एलुम ओनाले अभिनय गर्नेछिन् ।

‘अवतार ३’मा ओना च्याप्लिनको कास्टिङ केही समयदेखि चर्चामा रहे पनि यसबारे आधिकारिक पुष्टि भएको यो पहिलो पटक हो । सन् २०१८ मा, ओना च्याप्लिनले ‘अवतार’ चलचित्रलाई ’ट्रोजन हर्स सिनेमा’ भनेर वर्णन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP