शुक्रबार , जेठ २४, २०८२

काठमाडौं । रिलिजको झण्डै दुई महिना पुग्नै लाग्दा पनि जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ मिडिया हेडलाइन बनिरहेको छ । विश्व बक्सअफिसमा २.१३ बिलियन डलर कमाउँदै यो फिल्म अहिलेसम्म धेरै कमाउने चौंथो फिल्म समेत बनेको छ । निर्देशक क्यामरुनले ‘अवतार’ ३ र ४ श्रृंखलाको छायांकन भैसकेको बताएका छन् ।

‘अवतार ५’ निर्माणको सम्भावना पनि उनले हालैको एक अन्तर्वार्तामार्फत व्यक्त गरेका छन् । एम्पायर म्यागजिनसँगको हालैको एक कुराकानीमा निर्माता जोन लान्डउले केही रोचक किस्सा सार्वजनिक गरेका छन् ।

उनका अनुसार ‘अवतार ३’मा नावी मनिसको दौडको यस्तो कथा प्रस्तुत गरिनेछ जसले फिल्ममा खलपात्रको रुपमा भूमिका निर्वाह गर्नेछन् । म्यागजिनले ती मानिसको चरित्र हिंसात्मक र आक्रामक हुने उल्लेख गरेको छ ।

ती मानिसको नेताको नाम वाराङ रहेको बताउँदै म्यागजिनले जसको भूमिका चर्चित हाँस्यकलाकार चार्ली च्याप्लिनकी नातिनी र गेम अफ थ्रोन्सकी अभिनेत्री एलुम ओनाले अभिनय गर्नेछिन् ।

‘अवतार ३’मा ओना च्याप्लिनको कास्टिङ केही समयदेखि चर्चामा रहे पनि यसबारे आधिकारिक पुष्टि भएको यो पहिलो पटक हो । सन् २०१८ मा, ओना च्याप्लिनले ‘अवतार’ चलचित्रलाई ’ट्रोजन हर्स सिनेमा’ भनेर वर्णन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP