मंगलबार , अषोज २७, २०८३

काठमाडौं। नेकपा एमालेका नेता झलनाथ खनालले संसदमा अब नयाँ खेलको सुरुवात हुने बताएका छन्। त्यो नयाँ खेल विस्तारै देखिँदै जाने उनको भनाइ छ। ‘संसद भवन भनेको सर्वोच्च राजनीतिक मञ्च हो, देशका सम्पूर्ण राजनीतिक पार्टीहरुले खेल खेल्ने ठाउँ यही हो,’ बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिदृष्य तपाईंहरुले विस्तारै विस्तारै देख्दै जानुहुन्छ।’

उनले संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लैजाने विश्वास व्यक्त गरे। देशका राजनीतिक दलले खेल खेल्ने ठाउँ संसद हो। अब नयाँ खेलको सुरुवात हुन्छ। त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिद्धेह्य तपाईहरुले बिस्तारै देख्दै जानुहुनेछ। संसदले मुलुकलाई नयाँ दिशातर्फ लानुपर्छ। यो सरकार दुई वर्ष जानुपर्छ। सरकार चलाउने दायित्व नेकपा एमालेको हो। हामी सरकार जोगाउन लाग्छौं’, उनले भने।

उनले जे-जे खेलहरुबाट नेकपा विभाजित भए पनि नेकपा एमाले बामपन्थी एकताको पक्षमा रहेको बताए। ‘हामी त एमाले भयौं। तिन वर्षपछि नेपाल कम्युनिष्ट पार्टी भइसकेका थियौं। यो दुर्भाग्यको कुरा हो। एकिकृत भइसकेको पार्टीलाई फेरी विभाजित भइयो। जे-जे खेलहरुबाट यो विभाजित भए पनि या हाम्रो मिस्टेकले विभाजित भए पनि हामी यो ठाउँमा आइपुगेका छौं। नेकपा एमाले बामपन्थी एकताको पक्षमा छौं’, उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP