शुक्रबार , भाद्र १२, २०८३

धरान : नेकपा एमाले सुनसरीमा विवाद सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच विवाद सुरु भएको हो ।

सुनसरी एमालेमा ओली पक्ष कमजोर मान्निन्छ । यस अगाडि भएको नेकपामा अधिकांश पूर्वएमाले नेता कार्यकर्ता दाहाल–नेपाल पक्षमा खुलेका थिए । अधिकांश जिल्ला नेता र कार्यकर्ता नेकपाको दाहाल नेपाल पक्षमा लागे पश्चात ओली पक्षले सुनसरीमा रेवतीरमण भण्डारीको अध्यक्षतामा अर्को जिल्ला कमिटी चयन गरेको थियो । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई यथावतको फैसला सुनाए पश्चात सुनसरीका विभिन्न पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड पार्टी कार्यालयमा राखेको थियो ।

मंगलवार नेकपा एमालेका सुनसरी अध्यक्ष रमेश बस्नेतको नेतृत्वमा जिल्ला सचिव नन्द बस्नेतले एमालेको इनरुवास्थित जिल्ला कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेको थियो । माओवादी केन्द्रका जिल्ला नेतासँग विदाई कार्यक्रम समेत गरेर बस्नेतको समूह फर्किए पश्चात एमालेको भण्डारी समूह पार्टी कार्यालय प्रवेश गरी पहिला राखेको बोर्ड फ्याकेर अर्को बोर्ड राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP