आइतबार , बैसाख ७, २०८२

२४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा भएका दुबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

‘नेकपा एमालेसँग आवश्यकताअनुसार वार्ता गर्छौं’ नेता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे कुनै निर्णय भएको छैन ।

कार्यकर्ता भेला चैत १ गते

नेता श्रेष्ठका अनुसार संगठनात्मक काम र अहिलेको परिस्थितिबारे पार्टीलाई प्रशिक्षित गर्न २९ गते केन्द्रीय कमिटीको बैठक र १ गते कार्यकर्ता भेला गर्ने निर्णय भएको छ ।

स्थायी कमिटीको बैठक जारी छ ।

साबिकको नेकपा विभाजित हुँदा केपी ओली समूहतिर लागेका नेताहरुबारे कुनै निर्णय भएको छैन । ‘पछिल्लो परिस्थितिमा के गर्ने भन्ने उहाँहरुले आफ्नो धारणा सार्वजनिक गर्नु भएको छैन’ नेता श्रेष्ठले भने, ‘हाम्रो अपेक्षा छ, अदालतको फैसलाअनुसार नै उहाँहरुले आफूलाई प्रस्तुत गर्नुहुनेछ । उहाँहरुले आफ्नो स्थिति प्रष्ट पारेपछि हामीले जे गर्नुपर्ने हो, गर्छौं ।’

स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह र केन्द्रीय सदस्यद्धय गौरीशंकर चौधरी र दावा लामा ओली समूहमा लागेका छन् । उनीहरु सबै मन्त्री छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP