शनिबार , भाद्र १३, २०८३

२४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा भएका दुबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

‘नेकपा एमालेसँग आवश्यकताअनुसार वार्ता गर्छौं’ नेता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे कुनै निर्णय भएको छैन ।

कार्यकर्ता भेला चैत १ गते

नेता श्रेष्ठका अनुसार संगठनात्मक काम र अहिलेको परिस्थितिबारे पार्टीलाई प्रशिक्षित गर्न २९ गते केन्द्रीय कमिटीको बैठक र १ गते कार्यकर्ता भेला गर्ने निर्णय भएको छ ।

स्थायी कमिटीको बैठक जारी छ ।

साबिकको नेकपा विभाजित हुँदा केपी ओली समूहतिर लागेका नेताहरुबारे कुनै निर्णय भएको छैन । ‘पछिल्लो परिस्थितिमा के गर्ने भन्ने उहाँहरुले आफ्नो धारणा सार्वजनिक गर्नु भएको छैन’ नेता श्रेष्ठले भने, ‘हाम्रो अपेक्षा छ, अदालतको फैसलाअनुसार नै उहाँहरुले आफूलाई प्रस्तुत गर्नुहुनेछ । उहाँहरुले आफ्नो स्थिति प्रष्ट पारेपछि हामीले जे गर्नुपर्ने हो, गर्छौं ।’

स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह र केन्द्रीय सदस्यद्धय गौरीशंकर चौधरी र दावा लामा ओली समूहमा लागेका छन् । उनीहरु सबै मन्त्री छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP