मंगलबार , असार २३, २०८३

सामाजिक सञ्जाल टीकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व घर भई हाल ललितपुरको हरिसिद्धी बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन् । उनले ईसेवालगायत अन्य डिजिटल वालेनमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाएर टीकटकमार्फत जुवा खेलाएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

उनलाई अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा मंगलबार ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनले १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३२१ रुपैयाँ कारोबार गरेको देखिएको छ ।  प्रहरीले उनको साथबाट जुवा खेलाउन प्रयोग भएको स्मार्ट फोन, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिस्टर र तास बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP