सोमबार , अषोज २६, २०८३

लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखले सपथ लिएका छन् । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खांण निर्विरोध निर्वाचित भएका थिए ।

दुबैजना सत्ता गठबन्धनका हुन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। सभामुख घर्ती मगरले शपथ लिएपछि उपसभामुख मेनुका केसी खाँडलाई पद तथा गोपनियताको शपथ गराए ।

सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले उम्मेदवारी दर्ता गरेका थिए ।

तर उनीहरुले प्रदेश सभा वैठकमा आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि खांण मतदान प्रकृयामा नगई निर्वाचित भएकी हुन् । सपथ ग्रहण समारोहमा मुख्यमन्त्री लिला गिरी,मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसी लगायत सत्तारुढ दलका नेताहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP