मंगलबार , बैसाख २९, २०८३

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेवा प्रवाहमा टाइम कार्ड लगाउने कुरा, अनुगमनमा जाँदा दिएका निर्देशन दिएका कुरा कार्यान्वयनमा लैजाने बेला आएको बताएका छन् । शनिवार सरकारी निवास बालुवाटारमा अनलाइन मिडियाका सम्पादकहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सेवा प्रवाह दिएर परिवर्तन दिने योजनामा रहेको बताए । उनले छिट्टै मन्त्रीपरिषदलाई पूर्णता दिने काममा लागिपरेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले भने– ‘सरकारलाई पूर्णता दिन अप्ठेरो भएको हैन, ७ पार्टीसँग छलफल गर्न समय लागेको हो त्यहाँ विवाद भएको हैन । सोमबार पूर्ण मन्त्रीपरिषदको बैठक बस्ने तयारी छ । आज बिहान पनि एमाले अध्यक्ष ओलीसँग मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको छ । मन्त्रिपरिषद विस्तारका लागि सहमति नजिक पुगेका छौँ ।’

अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मुद्धाहरुलाई सहमतिमा लिएर जान सकियो भने ऐतिहासिक सफलता हुने प्रचण्डले विश्वास ब्यक्त गरे । माघ ३ गतेपछिबाट धेरै कुरामा प्रगति हुँदै जाने उनले बताए  ।  उनले आफ्नो कार्यकालमा उद्घाटनमा कम समय दिनपाए हुन्थ्यो भन्ने चाहना ब्यक्त गरे । प्रधानमन्त्रीले भने– ‘मान्छेहरुले दवाव नदिने हो भने उद्घाटन गर्न जान्न, उद्घाटन गर्न गइदिनुपर्यो भनेर धर्ना नै दिएपछि बाध्य भएर जानुपर्ने हुन्छ । राती उद्घाटन गर्ने भनेर पनि तपाइँहरुले सुझाव दिनुभयो, यहीँबाट उद्घाटन गर्ने डिजिटल रुपमा भन्ने सुझाव पनि दिनुभयो त्यस्तो कुनै वैकल्पिक तरिका हुन्छ कि त्यसबारेमा पनि सोच्छु । उद्घाटन नगर्नु नै मलाई ठीक लागेको छ । दैनिक उद्घाटनमा गएर समय नष्ट गर्नुभन्दा यहीँ बसेर काम गर्न पाए धेरै काम गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको हो ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले विश्वासको मतका लागि भोट हाल्ला भन्ने कल्पना नगरेको बताए । कांग्रेस प्रतिपक्षमा जाने निश्चित नै भएपनि अहिले विश्वासको मत हालेपछि आफ्नो जिम्मेवारी बढेको उनले बताए । उनले भने– ‘अब सभामुखमा के गर्ने, उपसभामुखमा के गर्ने, राष्ट्रपतिमा के गर्ने त्यसमा भोट हाल्नुहुन्छ कि हुँदैन भनेर सोध्ने मेरो कर्तब्य पनि हुन आयो, जिम्मेवारी पनि हुन आयो ।  नयाँ परिदृश्य बनिसकेपछि अब ५ गते सभामुखको निर्वाचन छ त्यसका लागि पनि किन सहकार्य नगर्ने भन्ने प्रश्न पनि उठेको छ । त्यसबारेमा यो बारेमा मलाई बढी बोल्न नलगाउनुहोला परिस्थिति बिग्रेला भन्ने मलाई पनि डर हुन्छ ।’

उनले मन्त्रिपरिषदको पहिलो बैठकमा जति पनि निर्णयहरु गरिएको छ ती सबै अर्थतन्त्रलाई सुधार गर्ने उदेश्यले गरिएका निर्णयहरु भएको बताए । त्यसमा मितब्ययिताका कुराहरु देखि निजी र सार्वजनिक साझेदारीसम्मका कुराहरु, सेवा प्रवाहको लाइन घटाउनेदेखि अर्थतन्त्रलाई कसरी सहजीकरण गर्ने सम्बन्धी नै निर्णयहरु भएको उल्लेख गरे ।  उनले भने– ‘विगतमा राष्ट्र बैंक र अर्थमन्त्रालयका बीचमा कहिँ न कहिँ बिवाद देखापर्यो, त्यसले पनि सहज रुपमा अर्थतन्त्रलाई अगाडि बढाउन अप्ठेरो परिस्थिति बनेको हो । मैले तुरुन्तै अर्थमन्त्री र गर्भनरलाई यहीँ बालुवाटार बोलाएर अब नयाँ सरकार आएपछि यो स्थिति रहनुहुँदैन भनेर भनिसकेको छु । एकातिर उद्योगी ब्यवसायीहरु आन्दोलन जस्तोमा छन् । ब्याजदरको कारणले हामी त बर्वाद भयौँ भन्ने छ । अर्कोतिर आर्थिक संकुचनको समस्या छ । यसलाई समाधान गर्नका लागि साढे २ बर्ष समय दिने भनेपछि निजी क्षेत्रमा, आर्थिक क्षेत्रमा आशा जागेको छ ।’

उनले पेट्रोलियम पदार्थको मूल्य घटाउन लगाएको बताउँदै अझै घटाउन चाहेको तर आयल निगमको घाटाका कारण नसकेको बताए ।  उनले भने– ‘मलाई त अझै धेरै घटाउन मन लागेको थियो फेरि यता आयल निगमको ऋण पनि छ । रेमिट्यान्स बढेको छ । शेयर मार्केटमा नयाँ सरकार आएपछि उछाल आए पनि अहिले अप डाउनको अवस्था त छँदैछ । यसलाई सकेसम्म स्थिर बनाउने हामीले कोशिस त गरिरहेका छौँ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकालमा राम्रो मान्छेलाई राम्रो ठाउँमा स्थान दिने बताउँदै नियमित रुपमा सिंहदरबार गएर काम गर्ने, सचिवहरुलाई भेट्ने योजना रहेको उल्लेख गरे । उनले को कर्मचारी कस्तो भनेर अहिलेदेखिनै लिस्टिङ गर्न लगाएको बताए । उनले आफूले निर्देशन दिँदा कर्मचारीले धम्की पो दियो कि भन्ने सोच्ने गरेपनि नेपालको कर्मचारीको क्षमता अन्य देशका कर्मचारीको भन्दा कमि नरहेको बताए ।

उनले भने– ‘राजनीतिक तह, मन्त्री वा प्रधानमन्त्रीबाट कर्मचारीलाई मिलाएर गर भनेर भनेपछि सबै सकिहल्यो नी । उहाँहरुको अनुभव र क्षमताको प्रशंसा गर्दैै म चाहिँ अब त्यसो गर्दिन र गर्नपनि दिन्न । केही समस्या प¥यो भने मलाई भन्नुस, त्यसमा ऐन संशोधन गर्नुपर्ने हो कि के गर्नुपर्ने हो समाधान गर्छु ।’ उनले जनतालाई सेवा प्रवाहमा नतिजा दिनका लागि के गर्न सकिन्छ भनेर सबै कर्मचारी लागिहेको बताउँदै दैनिक सिंहदरबार जाँदाखेरी कर्मचारीबाट धेरै काम हुन्छ भन्ने अनुभव भएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP