शुक्रबार , भाद्र १२, २०८३

तास्मानिया । अष्ट्रेलियाको तास्मानियास्थित लन्चेस्टनमा क्रिकेट खेल्दै आएको लन्चेस्टन नेपाली क्रिकेट क्लब ताज्मानिया क्रिकेट लिगको ए ग्रेडको उपाधि नजिक पुगेको छ ।

शनिबार भएको सेमिफाइनल खेलमा स्थानीय लंगफोर्ड क्रिकेट क्लबलाई ८ रनले हराउँदै नेपाली टिम पहिलोपटक प्रेलिमिनरी फाइनलमा पुगेको हो ।

नेपाली क्रिकेट टिम ताज्मानियन क्रिकेट लिग खेल्ने आप्रवासीहरुको इतिहासकै एकमात्र टिम हो ।

विगत ३ वर्षदेखि लन्चेस्टनका स्थानीय मैदानहरुमा क्रिकेट खेल्दै आएको नेपाली टिम विगतका वर्षहरुमा ग्रेड बी, ए रिजर्भका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै हाल ग्रेड ए को उपाधि नजिक पुगेको हो ।

ग्रेड ए मा प्रतिस्पर्धा गरेका १४ वटा टिमहरुमध्ये प्रिलिमिनरी फाइनलमा पुगेपछि नेपाली टिमले तास्मानियन प्रिमियर लिग खेलका लागि आफ्नो बाटो खुला गरेको छ । ताज्मानियन प्रिमियर लिग ताज्मानियन क्रिकेटको इतिहासकै सबैभन्दा ठूलो प्रतिस्पर्धी खेल मानिन्छ ।

‘प्रतियोगिताका हिसाबले ताज्मानियन प्रिमियर लिगको उपाधि उचाल्नु हाम्रो एकमात्र उद्देश्य हो,’ क्लबका सचिव महेश्वर पराजुलीले अनलाइनखबरसँग भने, ‘हामी हाम्रो सपना पुरा भएको आँखा अगाडि देख्दैछौं ।’

उनका अनुसार क्रिकेट खेलको माध्यमबाट नेपाली समुदाय र स्थानीय समुदायहरुबीच भाइचारा सम्बन्ध विकास गर्नु क्लबको सामाजिक उद्देश्य हो ।

त्यति मात्र होइन, गत महिना ताज्मानियाको फेडेरल पार्लियामेन्टमा यहाँकी सांसद ब्रिजेट आर्चरले नेपाली टिमको खुलेरै प्रशंसा गरेकी थिइन ।

अस्टेलिया समावेशी र वहुसाँस्कृतिक समुदाय भएको कुरालाई थप प्रवर्धन गरेकोमा नेपाली क्रिकेट टिमलाई धन्यवाद पनि दिएकी थिइन ।

क्रिकेट खेलप्रति रुची राख्ने लन्चेस्टनका केही नेपाली युवाहरुले सन् २०१५ देखि स्थानीय मैदानहरुमा मनोरञ्जनका लागि मात्र भनेर खेल्न सुरु गरेका थिए ।

मनोरञ्जनका लागि सुरु गरेको टिमले क्रिकेट लिगमा आफ्नो उपस्थिती जनाएर नेपाली समुदायको पहिचान बढाउन सफल भएकोमा खेलाडीहरुपनि उत्साहित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP