मंगलबार , जेठ २१, २०८२

काठमाडौं । नेपालमा थप २१११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २१११ जना संक्रमित थपिएको जानकारी दिएको छ

अहिलेसम्म कुल २ लाख ६ हजार ३५३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५ सय ३७ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ६८ हजार १२९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८१.४ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५३३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १५ लाख ९३ हजार ८५० पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ९८६ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३७०२२ जना रहेका छन् ।

त्यस्तै आइसियुमा ३८७ जना रहेका छन् भने भेन्टिलेटरमा ८७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु