सोमबार , अषोज २६, २०८३

न्यूजिल्याण्ड विरूद्धको तीन एकदिवसीय र तीन टी-२० खेलका साथै अस्ट्रेलिया विरुद्धको पहिलो दुई टेस्टका लागि भारतीय टोलीको घोषणा भएको छ।

अनुभवी ब्याट्सम्यान केएल राहुल र अक्षर पटेल व्यक्तिगत कारणले न्यूजिल्याण्ड विरूद्धको एकदिवसीय र टी-२० सिरिज खेल्ने छैनन्। योसँगै रविन्द्र जडेजा टेस्ट टिममा फर्किएका छन्। तर, जडेजाको फिटनेस भने हेर्न बाँकी छ। त्यसपछि मात्रै उनको खेल बारे निर्णय लिइने भएको भारतीय क्रिकेट बोर्डले जानकारी दिएको छ।

भारतीय टोलीले आगामी जनवरी १८, २१ र २४ मा न्युजिल्यान्डसँग तीन ओडीआई खेल्नेछ। त्यसपछि जनवरी २७, २९ र फेब्रुअरी १ मा तीन वटा टी–२० खेल खेल्नेछ।

त्यस्तै अष्ट्रेलियाविरूद्धको सिरिज फेब्रुअरी ९ बाट सुरू हुनेछ। पहिलो टेस्ट फेब्रुअरी ९ देखि १३ सम्म नागपुरमा र दोस्रो टेस्ट फेब्रुअरी १७ देखि २१ सम्म दिल्लीमा हुनेछ।

शृंखलाका बाँकी दुई टेष्ट म्याच क्रमशः मार्च १ मार्च र मार्च ९ देखि धर्मशाला र अहमदाबादमा हुनेछन्।

पृथ्वी शा न्युजिल्यान्डविरुद्धको टी–२० टोलीमा

रणजी ट्रफीमा मुम्बईका लागि असम विरूद्ध ३७९ रनको इनिङ खेलेका पृथ्वी शा जुलाई २०२१ पछि पहिलो पटक भारतीय टिपमा फर्किएका छन्।  उनी न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजका लागि छनोट भएका हुन्। शाले सैयद मुश्ताक अली ट्रफीमा पनि शानदार प्रदर्शन गरेका थिए। रणजी ट्रफीमा त्रिशतक बनाएपछि बीसीसीआई सचिव जय शाहले उनको प्रशंसा गरेका थिए।

रोहित र विराट टी-२० टोली बाहिर
सिनियर खेलाडी रोहित शर्मा र विराट कोहली टी–२० टोलीबाट बाहिरिएका छन्। न्युजिल्यान्डविरुद्ध हार्दिक पाण्डेयले कप्तानी गर्नेछन्। श्रीलंकाविरूद्ध घाइते भएका सञ्जु सामसनलाई पनि टोलीमा राखिएको छैन। उनको स्थानमा जितेश शर्मा परेका छन्। यस्तै श्रीलंकाविरुद्ध खराब प्रदर्शन गरेका हर्षल पटेल पनि टोलीबाट बाहिरिएका छन्।

न्युजिल्याण्ड विरुद्धको टी-२० सिरिजका लागि टोली:
हार्दिक पाण्डेय (कप्तान), सूर्यकुमार यादव (उपकप्तान), इशान किशन (विकेटकिपर), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुडा, राहुल त्रिपाठी, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, कुलदीप यादव, युजवेन्द्र सिंह चहल, अर्शदीप सिंह, आर. उमरान मलिक, शिवम मावी, पृथ्वी शा र मुकेश कुमार।

भरत र शाहबाज अहमद एकदिवसीय टोली

केएस भरत

केएल राहुल र अक्षर पटेलको स्थानमा विकेटकिपर केएस भरत र अलराउन्डर शाहबाज अहमद न्यूजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजका लागि भारतीय टोलीमा छनोट भएका छन्। श्रीलंका विरूद्धको एकदिवसीय खेल नखेलेका शार्दुल ठाकुरलाई अर्शदीप सिंहको स्थानमा छनोट गरिएको छ ।

न्यूजिल्याण्ड विरूद्धको एकदिवसीय शृंखलाका लागि टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, इशान किशन, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, केएस भरत (विकेटकीपर), हार्दिक पाण्डेय (उपकप्तान), वाशिंगटन सुन्दर, शाहबाज अहमद, शार्दुल ठाकुर, युजवेन्द्र चहल, कुलदीप यादव, मोहम्मद शामी, मोहम्मद सिराज र उमरान मलिक।

इशान र सूर्यकुमार टेस्ट टिममा

इशान र सूर्यकुमार

चोटका कारण बंगलादेशविरूद्धको टेष्ट सिरिज गुमाएका कप्तान रोहित शर्मा स्वदेश फर्किएका छन्। कार दुर्घटनामा घाइते भएका ऋषभ पन्त अस्ट्रेलियाविरूद्धको पहिलो दुई टेस्टका लागि छनोट भएका छैनन्। उनको स्थानमा इशान किशनलाई टेष्ट टोलीमा समावेश गरिएको छ। उनीसँगै केएस भरत दोस्रो विकेटकिपर हुनेछन्।

झारखण्डका लागि घरेलु क्रिकेट खेल्ने किशनले सन् २०१४ मा आसामविरूद्ध पहिलो श्रेणीमा डेब्यु गरेका थिए। उनले ४८ खेलमा ३८.७६ को औसतमा २९८५ रन बनाएका छन्। नोभेम्बर २०१६ मा उनले दिल्लीविरूद्ध २७३ रनको इनिङ खेलेका थिए। यो उनको पहिलो श्रेणीको उच्च पारी हो।

टी–२० क्रिकेटमा धमाकेदार सूर्यकुमार यादवलाई टेष्ट टिममा पनि राखिएको छ। उनले मुम्बईका लागि सन् २०१० मा दिल्ली विरूद्ध पहिलो श्रेणीमा डेब्यू गरेका थिए।

सूर्यले ४४.७९ को औसतमा ५५४९ रन बनाएका छन् । फास्ट बलर जसप्रित बुमराह पूर्ण फिट नभएकाले अस्ट्रेलियाविरूद्धको पहिलो दुई टेस्टका लागि छनोट भएका छैनन्। उनको अनुपस्थितिमा फास्ट बलिङको जिम्मेवारी मोहम्मद शामी, मोहम्मद सिराज, उमेश यादव र जयदेव उनादकटले सम्हाल्नेछन्।

अष्ट्रेलिया विरूद्धको पहिलो दुई टेस्टका लागि भारतीय टोलीः
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस अय्यर, केएस भरत (विकेट), इशान किशन (विकेट), रविचन्द्रन अश्विन, अक्षर पटेल, कुलदीप यादव, रविन्द्र जडेजा, मोहम्मद शमी, मो. सिराज, उमेश यादव, जयदेव उनाडकट र सूर्यकुमार यादव।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP