मंगलबार , अषोज २७, २०८३

सिद्धबाबा सुरूङ आयोजनाको विस्तृत डिजाइन परीक्षणका लागि स्विट्जरल्यान्डको स्वीस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी) को प्राविधिक टिमकहाँ पुगेको छ।

उक्त डिजाइन प्राविधिक टोलीले जाँचबुझ गरिरहेको सडक विभागका उमहानिर्देशक भिमार्जुन अधिकारीले जानकारी दिए। उनले चिनियाँ टोलीले बुझाएको डिजाइन स्वीसको प्राविधिक टोलीले जाँचबुझ गर्दा ठीक भए विभागबाट स्वीकृत हुने बताए।

‘जाँचबुझ गर्दा सच्याउन केही आवश्यक देखियो भने गर्नुपर्ने हुन्छ। प्राविधिक टोलीले डिजाइनमाथि थप सुझाव दिन सक्छ। संशोधनको सुझाव आयो भने सोहीअनुसार संशोधन गर्नुपर्ने हुन्छ,’ उनले भने।

सुझावअनुसारको अन्तिम डिजाइनपछि विभागले स्वीकृति दिनेछ। त्यसपछि आयोजना निर्माण सुरू हुने उनले बताए। सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डमा पर्ने उक्त सुरूङ निर्माणका लागि गत वर्षको फागुन अन्तिम साता सडक विभाग र चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनीबीच ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौतामा डिसेम्बरभित्र आयोजनाको डिजाइन विभागमा पेस गर्नुपर्ने उल्लेख थियो। सोहीअनुसार ठेक्का पाएको चाइना कम्पनीले विस्तृत डिजाइन केही समयअघि सडक विभागलाई बुझाएको थियो।

स्विट्जरल्यान्ड सरकारकै प्राविधिक सहयोगमा यो डिजाइन तयार गरिएको हो। यसअघि आयोजनाको सम्भाव्यता अध्ययन तथा प्रस्तावित डिजाइनका लागि समेत  स्विट्जरल्यान्ड सरकारले सहयोग गरेको थियो।

यो सुरूङ बनाउन २०७८ जेठमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भएको थियो। प्रतिस्पर्धामा नेपाल, चीन र भारतका गरी ९ वटा ज्वाइन्ट भेन्चरले भाग लिएका थिए। अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी ती नौ कम्पनीमध्ये विभागले चिनियाँ कम्पनीलाई छनोट गरेको थियो।

सात अर्ब ३४ करोड रूपैयाँभन्दा बढी लागतमा सुरूङ डिजाइन तथा निर्माणका लागि उक्त कम्पनीसँग ठेक्का सम्झौता भएको छ। सम्झौताअनुसार कम्पनीले उक्त आयोजना इपिसी (इञ्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्नेछ।

यो मोडलमा आयोजना निर्माण गर्दा डिजाइन, आवश्यक सामग्री खरिद तथा निर्माणको काम ठेक्का पाएको कम्पनीले गर्छ। आयोजना निर्माण कहिलेबाट सुरू हुन्छ भनेर अहिले भन्न सकिने अवस्था नरहेको अधिकारीले बताए।

‘डिजाइन स्वीकृत हुनुपर्‍यो त्यसपछि त काम सुरू भइहाल्छ। डिजाइन स्वीकृतिको प्रक्रिया माघसम्ममा सकिन्छ कि,’ उनले भने।

ठेक्का सम्झौतामा डिजाइनसहित पाँच वर्षभित्र निर्माण सक्ने उल्लेख छ। निर्माण सकिएपछि पनि पाँच वर्षसम्म सुरूको मर्मतसम्भार चिनियाँ कम्पनीले गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

सिद्धबाबा सुरूङ एक हजार एक सय २६ मिटर लम्बाइ लामो बन्नेछ। यो दुई लेनको बनाइने उल्लेख छ। यसमा तीनवटा सहायक सुरूङमार्ग रहने छन्

सुरूङ बनेपछि धूलो, हिलो तथा पहिरोमा परी यात्रुहरूले अकालमा ज्यान गुमाउनुपर्ने समस्याको अन्त्य हुने सरकारको विश्वास छ।

यो सडक खण्डलाई पहिरोबाट सुरक्षित बनाउन यसअघि पनि विभिन्न अध्ययन भएका थिए। त्यहाँको भौगर्भिक अध्ययनपछि सुरूङ निर्माण थालिएको हो। यस क्षेत्रको सडकमा पहिरोका कारण बर्सेनि दर्जनौंको संख्यामा अकाल मृत्यु हुने गरेको छ। बुटवल दोभान सडक खण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने ढुंगे पहिरोले ठूलो धनजनको क्षति हुँदै आएको छ। सुरूङ निर्माणपछि यस्तो समस्या रोकिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP