सोमबार , चैत्र २४, २०८१

बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्मका लागि निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ।

काठमाडौंमा शुक्रबार आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले टावरहरुको सिभिलतर्फको निर्माणका काम लगभग सकिएको जनाउँदै केबलकार आगामी फागुनदेखि संचालनमा आउने बताए।

‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ,’ उनले भने, ‘टप स्टेसनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको छ।’

केबलकारका सबै गोण्डोला लगायतका उपकरणहरु विदेशबाट आयात गर्ने काम भइसकेको उनले बताए। ९ वटा टावरमध्ये ७ वटाको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटाको जडान कार्य पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

‘टप स्टेसनमा केबलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेसनमा केबलकार उपकरणहरुको जडान कार्य अगाडि बढिरहेको छ,’ उनले भने।

ढकालले सम्पूर्ण इलेक्ट्रोमेकानिकल काम निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए। केबलकार निर्माणको काम २०७८ पुसदेखि सुरु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP