सोमबार , चैत्र २४, २०८१

ललितपुर / गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खाेकना आराेग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे छ।

दक्षिणकाली २ खाेकानामा रहेकाे नेपाल कुष्ठराेग निवारण संघबाट सञ्चालित खाेकना आराेग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठराेगी विरामी र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे हाे।

ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चाैलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीकाे लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएकाे र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।

एनआरएनए चीनले खाेकना आराेग्य आश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यानाे कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सह-कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए ।

नेपाली संघ चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP