शुक्रबार , बैसाख ५, २०८२

शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पेनी ला लिगामा स्पष्ट तीन अंकको अग्रता बनाएको छ।

बार्सिलोनाले घरेलु टोली एट्लेटिको म्याड्रिडलाई १–० गोल अन्तरमा हराउँदै लिग तालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको हो।

वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा औसमाने डेम्वेलेले गरेको गोल नै निर्णायक बन्यो। उनले २२औं मिनेटमा पाब्लो गाभीको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर पाए पनि  थप गोल निस्कन नसक्दा डेम्वेलेको पहिलो हाफको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो।

खेलको अन्त्यमा बार्सिलोना र एटलेटिको दुवै १० खेलाडीमा सीमित रहेका थिए।

यो जितपछि बार्सिलोनाको १६ खेलबाट ४१ अंक भएको छ। समान खेलबाट ३८ अंक जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ।

यथा पराजित एटलेटिको २७ अंकसहित पाँचौं स्थानमा झरेको छ। रायो भाल्कानोलाई हराएको रियल बेटिस २८ अंकसहित चौथो स्थानमा उक्लिएको छ।

यस्तै आल्मेरियालाई हराएको रियल सोसिडाड तेस्रो स्थानमा यथावत छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP