मंगलबार , बैसाख २९, २०८३

शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पेनी ला लिगामा स्पष्ट तीन अंकको अग्रता बनाएको छ।

बार्सिलोनाले घरेलु टोली एट्लेटिको म्याड्रिडलाई १–० गोल अन्तरमा हराउँदै लिग तालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको हो।

वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा औसमाने डेम्वेलेले गरेको गोल नै निर्णायक बन्यो। उनले २२औं मिनेटमा पाब्लो गाभीको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर पाए पनि  थप गोल निस्कन नसक्दा डेम्वेलेको पहिलो हाफको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो।

खेलको अन्त्यमा बार्सिलोना र एटलेटिको दुवै १० खेलाडीमा सीमित रहेका थिए।

यो जितपछि बार्सिलोनाको १६ खेलबाट ४१ अंक भएको छ। समान खेलबाट ३८ अंक जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ।

यथा पराजित एटलेटिको २७ अंकसहित पाँचौं स्थानमा झरेको छ। रायो भाल्कानोलाई हराएको रियल बेटिस २८ अंकसहित चौथो स्थानमा उक्लिएको छ।

यस्तै आल्मेरियालाई हराएको रियल सोसिडाड तेस्रो स्थानमा यथावत छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP