मंगलबार , असार २३, २०८३

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै आन्तरिक हवाई भाडा पनि घट्ने भएको छ । घटेको हवाई भाडा पुस २७ गतेदेखि लागू हुने वायुसेवा सञ्चालक संघले जनाएको छ ।

नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएसँगै हवाई भाडा पनि घटेको हो ।परिमार्जित भाडादरमा सबैभन्दा धेरै भाडा घट्नेमा काठमाडौं–धनगढी रुटमा ८८५ रुपैयाँ रहेको छ भने कम भाडा दर घट्नेमा काठमाडौं–सिमरा रुटमा १८० रुपैयाँ घटाइने भएको छ । यस्तै, काठमाडौंदेखि पर्वतीय उडान गर्दाको भाडामा ६५० रुपैयाँ कम हुने भएको छ ।

हेर्नुहोस् कहाँको हवाई भाडामा कति घट्यो ?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँसम्म घटाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले हवाई इन्धन आन्तरिकतर्फ २० र बाह्यतर्फ करिब ३० रुपैयाँ घटाउने निर्णय गरेको हो । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर १९० रुपैयाँ थियो । त्यस्तै, हवाई इन्धन बाह्यतर्फ प्रतिलिटर १८७ रुपैयाँ ८५ पैसा (१.४२ अमेरिकी डलर) पर्ने जनाएको छ । यसअघि प्रतिलिटर २१७ रुपैयाँ २४ पैसा थियो । हवाई इन्धनको मूल्य भारी घटे पनि निगमलाई अझै आन्तरिकतर्फ लिटरमा २० र बाह्यतर्फ ७० रुपैयाँ नाफा छ ।

हवाई इन्धनमा बढी नाफा राख्दा यात्रुले आन्तरिक र बाहृय उडानका लागि महँगो शुल्क तिर्नुपरेको थियो । हवाई इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएपछि आइतबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP