मंगलबार , जेठ २१, २०८२

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोचच अदालतको आईतबारको फैसलाले पार्टी नेतृत्वलाई आत्म समिक्षा गर्नै अवसर दिएको बताएका छन् । आफ्ना हरेक स्टाटसमा प्रचण्ड-नेपाल पक्षलाई प्रहार गर्दै आएका मुख्यमन्त्री पोखरेलले बार भने तुलनात्मकरुपमा सन्तुलिन अभिव्यक्ति पोष्ट गरेका छन् ।

पोखरेलले पूर्व एमाले र माओवादी केन्द्रबीचको एकताको मर्म नेतृत्वको तकरावका कारण मरेको उल्लेख गर्दै अदालतको फैसलाबाट आत्म समिक्षा गर्ने ठाँउ दिएको भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह समेत गरेका छन् ।

यस अघिका उनको अभिव्यक्तिहरुमा एकताका पक्षमा भन्दा प्रधानमन्त्री केपी ओलीको बचाउका पक्षमा विचारहरु आउने गरेकोमा सोमबार भने पोखरेलले नेतृत्वको स्वार्थी टकरावमा ओलीको पनि सहभागितालाई स्विकार गरेका छन् ।

टकरावकै कारण एकताको मर्म मरेको निश्कर्ष निकाल्दै पोखरेलले भनेका छन्, ‘नेतृत्वको स्वार्थी टकरावले एकताको मर्म मरेकै थियो । सर्वोच्चको फैसलाले आत्म समिक्षाको ठाउ दिएको छ । जिम्मेवार बनौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP