
धरान / गत निर्वाचनको मुखमा स्वतन्त्र मेयर धरानका हर्क साम्पाङ र उनको प्रभावबाट अत्तालिएका मुलुकका मुख्य राजनीतिक दलहरूलाई निकै चुनौती थपिएको थियो । श्रम संस्कृति धरानको पर्याय बन्दै गर्दा मुलुकभरि परम्परागत राजनीतिक संस्कारको मलजल गरिरहेका राजनीतिक दलहरू मुलत नेपाली काँग्रेस, एमाले, माओवादीमा ठुलै कम्पन पैदा भएको थियो। जुनसुकै निहुँ बनाएर साम्पाङलाई असहयोग गर्न पाटीगत निर्देशन पाएका स्थानीय कमिटीहरूले कार्यपालिका बैठकमा धेरै बोलेर साम्पाङलाई उक्साउने रणनीति बनाए जनताले अनुमान गरी पार्क होटेल देखि चिया पसल सम्म गफ चल्यो। अरूको कुरा धेरै नसुन्ने’ हठी ‘ साम्पाङको कमजोरी निशाना बनाएर गरिएको प्रहार धेरै हदसम्म सफल पनि देखियो । असोज १३ देखि पौष ११ सम्मका ३ महिना सामाजिक सञ्जालमा राम्ररी नै चर्चा परिचर्चा चले ।