शुक्रबार , भाद्र १२, २०८३

धरान / गत निर्वाचनको मुखमा स्वतन्त्र मेयर धरानका हर्क साम्पाङ र उनको प्रभावबाट अत्तालिएका मुलुकका मुख्य राजनीतिक दलहरूलाई निकै चुनौती थपिएको थियो । श्रम संस्कृति धरानको पर्याय बन्दै गर्दा मुलुकभरि परम्परागत राजनीतिक संस्कारको मलजल गरिरहेका राजनीतिक दलहरू मुलत नेपाली काँग्रेस, एमाले, माओवादीमा ठुलै कम्पन पैदा भएको थियो। जुनसुकै निहुँ बनाएर साम्पाङलाई असहयोग गर्न पाटीगत निर्देशन पाएका स्थानीय कमिटीहरूले कार्यपालिका बैठकमा धेरै बोलेर साम्पाङलाई उक्साउने रणनीति बनाए  जनताले अनुमान गरी पार्क होटेल देखि चिया पसल सम्म गफ चल्यो। अरूको कुरा धेरै नसुन्ने’ हठी ‘ साम्पाङको कमजोरी निशाना बनाएर गरिएको प्रहार धेरै हदसम्म सफल पनि देखियो । असोज १३ देखि पौष  ११ सम्मका ३ महिना सामाजिक सञ्जालमा राम्ररी नै चर्चा परिचर्चा चले ।

कार्यपालिका बैठक लगातार अवरुद्ध पार्दै आइरहेका दलहरूले संयुक्त ६ दलले विज्ञप्ति नै निकालेर साम्पाङलाई माफी मगाउन बाध्य बनाउने रणनीति लिएका थिए। पौष २० को “धरान डे “ नजिकिएको र हिउँदे सभा बोलाउन कार्यपालिका बैठक विना सम्भव नहुने परिस्थितिमा मेयर साम्पाङ झुक्ने विश्वास दलको थियो । यस बिचमा मेयरका समर्थकहरूले सक्रियता बढाए । उद्योग वाणिज्य सङ्घ, जनजाति महासङ्घ, महिला सञ्जाल सबैले “धरान डे “ का पक्षमा वकालत गरे । दलहरूलाई पनि आन्तरिक दबाब परो र मेयरले पौष ११ गते बोलाएको बैठक सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP