मंगलबार , अषोज २७, २०८३

मार्क रासफोर्डले लगातार पाँचौ खेलमा गोल गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ।

एफए कप अन्तर्गत गए राति भएको खेलमा युनाइटेडले ३–१ गोलअन्तरमा हराएको हो। पराजयसँगै एभर्टनका म्यानेजर फ्रांक लाम्पार्डमाथि थप दबाब बढेको छ।

युनाइटेडको जितमा एन्टोनी र रासफोर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो। एभर्टनका लागि कोनर कोडीले १ गोल फर्काए।

खेलको चौथौं मिनेटमा नै एन्टोनीले गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाएका थिए। तर कोनर कोडीले १४ औं मिनेटमा गोल गरदै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफसम्म १-१ गोलको बराबरी रहेको खेलमा दोस्रो हाफको सुरुवातमा कोडीलेनै आत्मघाती गोल गरेपछि युनाइटेडले पुनः खेलमा अग्रता लियो ।

त्यसपछि इन्जुरी समयमा रासफोर्डले पेनाल्टीबाट गोल गर्दै युनाइटेडको जीत पक्का गरे।

यो सँगै रासफोर्डले आफ्नो करियरमा लगातार पाँच खेलमा गोल गरेको यो पहिलो अवसर हो।

युनाइटेड सबै प्रतियोगितामा पछिल्ला ११ मध्ये १० खेलमा विजयी रहेको छ । अब युनाइटेडले इएफएल कपको क्वार्टरफाइनलमा चार्लटनको सामना गर्नेछ भने १४ जनवरीलाई म्यानचेस्टर सिटीसँग भिड्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP