शुक्रबार , बैसाख ५, २०८२

मार्क रासफोर्डले लगातार पाँचौ खेलमा गोल गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ।

एफए कप अन्तर्गत गए राति भएको खेलमा युनाइटेडले ३–१ गोलअन्तरमा हराएको हो। पराजयसँगै एभर्टनका म्यानेजर फ्रांक लाम्पार्डमाथि थप दबाब बढेको छ।

युनाइटेडको जितमा एन्टोनी र रासफोर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो। एभर्टनका लागि कोनर कोडीले १ गोल फर्काए।

खेलको चौथौं मिनेटमा नै एन्टोनीले गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाएका थिए। तर कोनर कोडीले १४ औं मिनेटमा गोल गरदै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफसम्म १-१ गोलको बराबरी रहेको खेलमा दोस्रो हाफको सुरुवातमा कोडीलेनै आत्मघाती गोल गरेपछि युनाइटेडले पुनः खेलमा अग्रता लियो ।

त्यसपछि इन्जुरी समयमा रासफोर्डले पेनाल्टीबाट गोल गर्दै युनाइटेडको जीत पक्का गरे।

यो सँगै रासफोर्डले आफ्नो करियरमा लगातार पाँच खेलमा गोल गरेको यो पहिलो अवसर हो।

युनाइटेड सबै प्रतियोगितामा पछिल्ला ११ मध्ये १० खेलमा विजयी रहेको छ । अब युनाइटेडले इएफएल कपको क्वार्टरफाइनलमा चार्लटनको सामना गर्नेछ भने १४ जनवरीलाई म्यानचेस्टर सिटीसँग भिड्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP