शुक्रबार , बैसाख ५, २०८२

नेपालका धेरै रेष्टुरेन्ट तथा होटलले मेनुमा एउटा मूल्य र भुक्तानी गर्दा थप शुल्क लिने गरेका छन्। तर मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १४(ख) ले होटल-रेष्टुरेन्टले मेनुको मूल्यमा तोकेकोभन्दा बढी शुल्क लिन नपाउने प्रावधान गरेको छ।

सरकारले सेवाग्राहीलाई झुक्याएर वा पहिल्यै सूचना नदिइ बिलमा थप शुल्क लिएमा कारबाही गर्ने चेतावनी दिने गरेको भए पनि व्यवसायीले बेवस्ता गर्दै आएका छन्।

व्यवसायीले मेनुमा उल्लेख भएको मूल्यमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर र कतिपयले त्यसमा पनि थप १० प्रतिशत सेवा शुल्क लिने गरेका छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई यस्तो शुल्क लिएको जानकारी पाए कारबाही गरिने बताउँछन्।

‘यदी मेनुमा कुनै परिकारको मूल्य दुई सय रूपैयाँ उल्लेख छ भने त्यो सबै किसिमका शुल्क वा कर सहितको अन्तिम उपभोक्ता मूल्य हो, त्यसमा थप अन्य शुल्क वा कर जोडेर लिन पाइँदैन,’ भट्टराईले भने, ‘यसरी शुल्क बढी लिएको पाइएमा अनलाइन वा फोनबाट उजुरी गर्न सकिन्छ।’

विभागले टोल फ्री नम्बर ११३७ मा पनि उजुरी गर्न सक्ने व्यवस्था गरेको छ।

त्यस्तै, विभागको वेबसाइट crmis.doc.gov.np/home मा गएर मेनु र बिलको फोटोसहित पनि फारम भरेर उजुरी गर्न सकिन्छ।

रेष्टुरेन्ट-होटल व्यवसायीले मेनुमा लेखिएको भन्दा अतिरिक्त पैसा लिएको पाएमा निरीक्षण अधिकृतले दुईदेखि तीन लाखसम्म जरिवाना गर्ने सक्छन्। उपभोक्तालाई परेको क्षतिपूर्तिको लागि अदालती प्रक्रिया जानुपर्ने हुन्छ।

रेष्टुरेन्टले १३ प्रतिशत मूल्य अभिवृद्धि कर छुट्टै लिएको पाएमा कहाँ र कसरी उजुरी गर्ने?

source=setopati

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP