मंगलबार , अषोज २७, २०८३

रुपन्देहीको कञ्चन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ । कञ्चन गाउपालिका वडा नं. ४ स्थित क्षेत्री टोलमा करेन्ट लागेर कपिलवस्तुको बाणगंगा १० गोगापुर बस्ने अन्दाजी बर्ष ५५ का घुराह प्रसाद थारुको मृत्यु भएको भएको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।

प्रहरीका अनुसार सोही वडाको क्षेत्रीटोल बस्ने भिमकुमार काउचाको घरको तेस्रो तलाको ढलाईका लागि सटरिङ्ग गर्ने क्रममा फलामको छडले विद्युतको हाईटेन्सन तारमा छँुदा दिउँसो करिब १ बजेको समयमा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्ट मार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ । सो घर निर्माणका लागि स्थानीय निर्माण व्यवसायी टेकबहादुर काउचाले ठेक्का लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP