मंगलबार , अषोज २७, २०८३

थारु समुदायको महान पर्व माघ नजिकै गर्दा थारु गाउँमा माघको रौनक सुरु भएको छ । गाउँ गाउँमा माघ महोत्सव, माघ साँस्कृतिक कार्यक्रमको आयोजना भइरहेको समयमा थारु कल्याणकारिणी सभा दाङले दुइदिन जिल्लाको सदरमुकाम घोराहीमा जिल्लास्तरीय माघ साँस्कृतिक महोत्सवको आयोजना गरेको छ ।

माघ महोत्सवको उदघाटनको पहिलो दिन थारु लोककला, संस्कृति झल्किने थारु भेषभुषा सहित घोराहीको मुख्यबजारमा बजार परिक्रम गरिएको छ । ‘हमार देश हमार भाषा, सम्पत्ति हो सक्कुजहनक् खासा, माघक शुभकामना बा, सक्कुजन्हक सांस्कृतिक सम्मान, यिह हमार नेपाली स्वाभिमान’ नारा सहितका प्ले कार्ड बोकेर बजार परिक्रम गरिएको थियो ।

महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले थारु संस्कार अनुसार निस्राउ निकालेर गरेका थिए । सांस्कृतिक महोत्सव २०७९ को उदघाटनका अवसरमा मन्त्री चौधरीले थारुहरु संस्कार र संस्कृतिका धनी भएको बताए । मन्त्री चौधरीले कला जोगाउनु र संरक्षण गर्नु ठुलो कुरा रहेको बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले थारुहरु संस्कार र संस्कृतीका धनी भएको र आफ्नो संस्कृति संरक्षणका लागि अगाडि बढेकोमा खुशी व्यक्त गरे । अर्का सभासद सीता चौधरीले थारुहरुको महान पर्व माघीको अवसरमा दाङको थारु कल्याणकारी सभाले उदाहरणीय काम गरेकोमा खुशी ब्यक्त गरिन् ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक भुवन चौधरीले दुइदिनसम्म हुने महोत्सवमा सात दर्जन भन्दा बढी मघौटा छोक्रा, हुर्डुङ्या लगायत नाच प्रस्तुति हुने बताए । त्यस्तै महोत्सव स्थलमा थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौ थारु भाषाको पुस्तक प्रदर्शनीको लागि राखिएको उनले बताए । यस्तै थारु परिकार ढिक्री, घोङ्गी, माछा, गंगटा लागयत परिकारहरु समेत विक्री वितरणको लागि राखिएको छ । थारुहरु आफ्नो संस्कार संस्कृतीलाई छोडेका छैनन् । पछिल्लो पुस्ताले पहिचानलाई जोगाउन र हस्तान्तरण गर्न लागेको उनले बताए ।

थारु समुदायको सांस्कृतिक समारोहको अवसरमा उल्लेख्य काम गरेको भन्दै बालकृष्ण चौधरी, श्रीराम चौधरी, लक्ष्मीमान चौधरी, थम्मन चौधरी, चेतराम चौधरी, शेरबहादुर चौधरी, छविलाल कोपिला,आसमानी चौधरी, चौधरी, मोहनलाल चौधरी, रामशरन चौधरीलाई सम्मान गरिएको हो । थारु कल्याणकारी सभाका सल्लाहकार केबी चौधरीले माघको समयमा संस्कृतीलाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउनका लागि आयोजना गरिएको बताए ।

पुर्व सभासद शान्ता चौधरीले थारुको माघ पर्व मनाउने चलन फेरिएको बताइन् । पहिले थारूका छोरी चेलीहरु कमलरी बस्न जाने मोलमोलाई हुने गर्दथ्यो । अहिले मुक्ति भएको अवस्थामा माघी मनाउन पाएकोमा खुशी व्यक्त गरिन् । मुक्त कमलरी विकास मंचका केन्द्रीय अध्यक्ष हिरा चौधरीले मुक्त कमलरीहरु आवासीयरूपमा बसेको लमही –३ नर्तीको हस्टोलमा कृषि प्राविधिक शिक्षालय राख्ने कुरा सुनेको बताइन् ।

“नर्ती होस्टोलमा शिक्षालय राखेपछि त्यहाँका मुक्त कमलरी कहाँ जाने ? बास उठाउन पाइँदैन”–उनले भनिन् । सो अवसरमा नेपाली काँङ्ग्रेसका जिल्ला अध्यक्ष शंकर डाङ्गी, नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, नेकपा माओवादीका सचिव बिश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP