मंगलबार , अषोज २७, २०८३

निर्मला पन्तको हत्या अनुसन्धान गर्न गठन गरिएको डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान शुरु गरेको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको छ ।

डीएनए परीक्षणका लागि रगत संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एकजना अधिकृतले रातोपाटीलाई बताए । रगतको नमूना काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ ।

यसअघि पक्राउ गरिएका दिलिपसिंह विष्टको डीएनए भजाइनल स्वावसँग नमिलेपछि उनलाई रिहा गरिएको थियो । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरेपनि २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP