शुक्रबार , भाद्र १२, २०८३

 सालझण्डी–ढोरपाटन सडक खण्ड अन्तर्गत पाल्पाको रैनादेवि छहरा गाउँपालिकामा बस दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ । बिहीबार राति रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैरा जंगलमा भएको दुर्घटनामा परी सोही वडाको खुर्साने गाउंका ५४ वर्षिया खिमकुमारी राना, ३३ वर्षिया निर्मला घिमिरे, ११ वर्षिया सुरुमा घिमिरे, २१ व्र्षिया दानकुमारी खत्री, ४५ वर्षिया गुनी गाहा र १९ वर्षिया विमा पाण्डे रहेका रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका धनी र सहचालक फरार छन् । मृतकमध्ये तीन जनाको शव बसले च्यापेकाले शुक्रबार बिहान मात्र निकालेर पोर्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP