मंगलबार , बैसाख २९, २०८३

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन पनि हात पर्ला । शुभकार्यको चर्चा चल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दानपुण्यका कार्यमा सहभागी पनि भइनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ काम सुरु गर्ने समय आएको छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक र समाजसेवामा सफलता मिल्नेछ । शुभयात्राको योजना बन्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ ।उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक कार्य र विद्यामा पनि सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग पनि प्राप्त हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दिनको सुरुमा केही कठिन परिस्थितिको सामना गर्नुपरे पनि मध्य दिनपछि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । शिक्षामा पनि राम्रो नतिजा पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP