शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु /कुहिरो लागिरहेको छ ।

आज (शुक्रबार) दिनभर नै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु /कुहिरो लाग्ने भन्दै महाशाखाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ । उसले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । तराईका धेरै भू–भागहरूमा हुस्सु / कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागहरूमा हुस्सु /कुहिरो लाग्ने सम्भावना रहेको छ ।

भोलि शनिबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । तराईका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, पुस २४ गते आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । तराईका धेरै भू–भागहरूमा हुस्सु /कुहिरो लाग्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP